सर्लाहीबाट २९ जना प्रतिनिधि समाजवादीको १० औँ राष्ट्रिय अधिवेशनका लागि छनोट

225 Shares

नेकपा(एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय अधिवेशनका लागि सर्लाहीबाट २९ जना प्रतिनिधि छानिएका छन् ।सर्लाही क्षेत्र नं. १ बाट १६ जना,क्षेत्र नं. २ बाट दुई जना,क्षेत्र नं. ३ बाट नौ जना र क्षेत्र नं. ४ बाट एक जना तथा टे«ेड युनियनबाट एक जना प्रतिनिधि छनौट भएका एकीकृत समाजवादीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलले जानकारी दिए ।
उनका अनुसार बुधबार(आज) सर्लाही क्षेत्र नं. १ को लालबन्दी,क्षेत्र नं.२ को मलंगवा,क्षेत्र नं.३ को हरिवन र क्षेत्र नं.४ को रामनगर बहुअर्वामा एकै पटक भेलाको आयोजना गरि प्रतिनिधि छनौट गरिएको हो ।बुधबार(आज) छनोट भएका २९ जना प्रतिनिधिहरु बाहेक सर्लाहीबाट केन्द्रिय सदस्यमा पौडेल, रवीन्द्र बैठा र बेची लुंगेली स्वतःअधिवेशन प्रतिनिधि चयन भई सकेका छन्।एकिकृत समाजवादी पार्टीको १० औँ अधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने एकिकृत समाजवादीले जनाएको छ ।

सम्बन्धित समाचार