Close This

ऐतिहासिक युद्ध सङग्रहालय उद्धघाटन गर्न राष्ट्रपति भण्डारी सिन्धुली आउदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१३ गते   २९४१ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ३ को ऐतिहासिक स्थल सिन्धुलीगढीमा करिब ८ करोड लागतमा निर्माण गरिएको युद्ध सङग्रहालय आज(बुधबार) उद्घाटन गरिने भएको छ । ऐतिहासिक स्थल सिन्धुलीगढीमा करिब ८ करोड लागतमा निर्माण गरिएको युद्ध सङग्रहालय आज(बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको छ ।
आज(बुधबार) बिहान ८ बजे राष्ट्रपति भण्डारी सिन्धुली आउनु हुने कमलामाई नगरपालिकाले जनाएको छ । युद्ध संग्रहालय उद्घाटन गर्ने कार्यक्रम रहेकाले राष्ट्रपति भण्डारी सिन्धुली आउनु हुने नगरपालिकाले जनाएको छ । 
युद्ध संग्रालय २०७३ कार्तिक २४ गते पुर्व उप प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले शिलान्यास गर्नु भएको थियो । इस्ट इण्डिया कम्पनीका सेनालाई पराजित गरि ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले ऐतिहासिक झल्को दिने युद्ध संग्रालय बनाएको हो । 
युद्ध संग्रालयमा नेपालको रक्षा गर्न वीर पुर्खाले प्रयोग गरेका भाडा, युद्धमा सहभागि भएका योद्धाहरुको शालिक लगाएत नेपालको रक्षा गर्न वीर पूर्खाहरुले प्रयोग गरेका सम्पूर्ण सामाग्रीहरु युद्ध संग्रालयमा राखिएको छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech