सर्लाहीको हरिवनमा खाना महोत्सव

933 Shares

सर्लाहीको हरिवनमा चेम्बर अफ कमर्स हरिवनले बाटोमा खाउ जाडोमा रमाउ भन्दै खाना महोत्सव आयोजना गरेको छ । हरेक दिन मानिसहरु आफ्ना विभिन्न काममा तल्लीन हुने र रमाउने समय समेत नपाउँदा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु समेत आउने भएकाले कमसेकम एकदिन आफ्ना सबै कामलाई छाडेर रमाइलो गरौँ भन्ने उद्धेश्यका साथ बाटोमा खाउ जाडोमा रमाउ भन्दै खाना महोत्सव आयोजना चेम्बर अर्फ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोतेले जानकारी दिए ।
हरिवनको इतिहासमा पहिलो पटक खाना महोत्सव आयोजना गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिएको साथै आन्तरीक पर्यटनलाई बढावा दिएको उनले बताए ।
 यो हरिवनको इतिहाँसमा पहिलोपटक आयोजना गरिएको कार्यक्रम भएकाले केही अनौठो लागेपनि आगामी दिनमा यस प्रकारका कार्यक्रमहरु निरन्तर आयोजना गर्न  स्थानीय चुडामणी वाग्लेले चेम्बर आफ कर्मस हरिवनसंग माग गरे । यस प्रकारका कार्यक्रमहरुले स्थानीय अर्गानीक उत्पादीत वतुहरुको प्रचार प्रसार हुनुका साथै आन्तरीक पर्यटन प्रवद्र्धन हुने उनले बताए ।
सडक मै स्थानीय अर्गानीक चिजहरु ल्याएर खाना महोत्सव गरिँदा पहिलो पटक भएकाले केही अनौठो भएको छ । तर सारै राम्रो कार्यक्रम रहेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले बताए । उनले अहिले मानिसहरु अर्गानीक उत्पादन तर्फ लागेकाले यस प्रकारका कार्यक्रमहरुले स्थानीय अर्गानीक उत्पादनलाई प्राथमिकता दिएको भन्दैखुसी व्यक्त गरे ।
हरेक दिन मानिसहरु आफ्ना विभिन्न काममा तल्लीन हुने र रमाउने समय समेत नपाउँदा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु समेत आउने भएकाले कमसेकम एकदिन आफ्ना सबै कामलाई छाडेर रमाइलो गरौँ भन्ने उद्धेश्यका साथ चेम्बर अर्फ कमर्स हरिवनले बाटोमा खाउ जाडोमा रमाउ भन्दै खाना महोत्सव आयोजना गरिएको र आन्तरीक पर्यटकहरुको बढावा गर्ने र स्थानीय अर्गानीक उत्पादनलाई बढावा दिएको चेम्बर अर्फ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताए ।
स्थानीय स्तरमा उत्पादन भएका अर्गानीक वस्तुहरुको प्रचार प्रसार गर्न,आन्तरीक पर्यटकलाई बढावा दिन र व्यापार व्यावसायलाई प्रोत्साहन गर्दै मानिसहरुको जमघट गराउन हरिवनमा आयोजना गरिएको खाना महोत्सव निकै कोषेढुंगा सावित हुने हरिवन नगरपालिकाकी उप प्रमुख हरीमाया घलानले बताईन् । खाना महोत्सवमा विभिन्न जातजातीका पहिचान झल्कीने खानाका परिकारहरुका साथै स्थानीय स्तरमा उत्पादन भएका अर्गानीक वस्तुहरुको स्टल राखिएको छ ।
 

सम्बन्धित समाचार