इश्वरपुर नगरपालिका १३ श्रीनगरमा विद्युतका पोलहरु गाँडियो,अब हरिपूर्वा सव स्टेशन सञ्चालनमा आउने

62 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १३,श्रीनगर बजार क्षेत्रमा बिजुलीको पोल गाड्ने काम सकिएको छ।ईश्वरपुर नगरपालिका १३,श्रीनगर बजार क्षेत्रमा बिजुलीको पोल गाडेर तार विस्तार गर्ने विषयमा लामो समयदेखि विवाद भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,हरिपूर्वा नगरपालिका नगर प्रमुख विनोद कुमार साह तेली र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यसहितको उपस्थितिमा छलफल भई हरिपूर्वाको विद्युत् सवस्टेशन संचालनका लागि ईश्वरपुर नगरपालिका १३,महारानी बजार क्षेत्रमा बिजुलीको पोल गाडेर तार विस्तार गर्ने काम भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिए ।
उनका अनुसार छलफलबाट सहमती भई सोही छलफलका आधारमा पहिले गाडिएको स्थानदेखि केही मिटर पश्चिमतर्फबाट पोल गाड्ने काम सम्पन्न भएको हो।चारवटा मात्रै पोल गाड्ने विषयमा विवाद उत्पादन हुँदा हरिपूर्वाको सवस्टेशन निर्माण भएपनि सञ्चालनमा आउन सकेको थिएन्।प्राधिकरणले पूर्व पश्चिम राजमार्गस्थित बाँके चोकबाट श्रीनगर,वसन्तपुर र हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा रहेको विद्युत् सवस्टेशनसम्म बत्ती लैजाने तयारी गरेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख ठाकुरले बताए ।
इश्वरपुर नगरपालिका १३ स्थित श्रीनगर बजारमा यसअघि नै पोल गाडिए पनि जग्गाको विवाद अदालतसम्म पुगेपछि काम अघि बढ्न सकेको थिएन तर अब पोल गाड्ने काम पूरा भएसँगै हरिपूर्वामा करिब दुई वर्षदेखि अलपत्र विद्युत् सवस्टेशन संचालन हुने हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोदले बताए।उनका अनुसार लामो समयदेखि विवाद देखिएपछि हरिपूर्वा नगरपालिका क्षेत्रमा समेत यसअघि गाडिएका केही पोल ढल्न थालेका र अब ति ढलेका पोलहरु तत्काल उठाएर हरिपूर्वा नगरपालिका २ को विद्युत् सवस्टेशन संचालनको पहल गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।हरिपूर्वा नगरपालिका २ को सवस्टेशन संचालन भए पश्चात सर्लाहीको पूर्वी बेल्ट ईश्वरपुर र हरिपूर्वा नगरपालिका र चन्द्रनगर र पर्सा गाउँपालिका क्षेत्रको विद्युत् आपूर्ति सहज बन्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार