सर्लाहीको लालबन्दी नगरपालिका का करिब पाँच हजार जना किशोरीहरुलाई एचपिभी खोप लगाईने भएको छ।लालबन्दी नगरपालिका भित्रका १७ वटै वडाका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका गरी कुल करिब पाँच हजार जनालाई किशोरीहरु ह्युमन पापिलोमा भाइरस(एचपिभी)खोप लगाईने लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।
उनका अनुसार यही माघ २२ गते देखि २९ गतेसम्म नगरका ३७ वटा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने करिब चार हजार नौ सय जना र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका करिब सय जना किशोरीहरुलाई एचपिभी खोप लगाउनका लागि लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा जनस्वास्थ्य कार्यालय सर्लाहीको प्राविधिक सहयोगमा लालबन्दी नगरपालिका भित्रका ४३ जना स्वास्थ्यकर्मीहरुलाई (एचपिभी) खोप अभियान २०८१ अन्तर्गत तालिम दिईएको हो ।
लालबन्दी नगरपालिकाले कक्षा ६ देखि १० सम्म अध्यायन अध्यापन हुने विद्यालयका शिक्षकहरुलाई पनि खोप सम्बन्धी तालिम दिईएको छ।एचपिभी खोप अभियानका लागि नगरका १७ वटै वडाका २८ जना स्वास्थ्यकर्मीहरु र १५ वटा स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरिक्षक सुसिल झा र डब्लुएचओका खोप फिल्ड अफिसर डा.राजिव शर्माले प्रशिक्षण दिएका हुन्।
यसै वर्षदेखि अभियानसहित नियमित खोप कार्यक्रममा समावेश गरिएको एचपिभी खोप अभियानका लागि शत प्रतिशत लक्ष्य प्राप्ति हुनेगरी तयारी गर्न कार्यक्रमका अध्यक्ष एवम लालबन्दी नगरपालिका का नगर प्रमुख बासुदेव अधिकारीले स्वास्थ्यकर्मीहरुसंग आग्रह गरे ।५१ हजार सात सय २४ एचपिभी खोपको मात्रा जनस्वास्थ्य कार्यालय सर्लाहीमा आइसकेको जनस्वास्थ्य निरिक्षक झाले जानकारी दिए।उनका अनुसार महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।