Close This

राष्ट्रिय जनगणनामा मगही भाषा अंकित गर्नुपर्ने मगही भाषी अगुवाहरुको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१० गते   २८ पटक हेरिएको

सर्लाहीका मगही भाषीहरुले राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्नु पर्ने माग राखेका छन् । २०७८ सालको  राष्ट्रिय जनगणनामा आफ्नो भाषा मैथिलीको सट्टा मगही लेख्नु पर्ने जिल्लाका मगही भाषीहरुले माग राखेका हुन् ।
जिल्लाको बरहथवामा भएको वृहद कविर पथ धर्म जिल्ला सम्मेलनमा कविर पथ धर्मसभा नेपाल सर्लाहीका जिल्ला प्रतिनिधि महात्मा  बिजय महतोले यस्तो माग गर्नु भएको हो ।मगही भाषीहरु नेपालमा करिब ३० लाख रहेका बताउँदै कार्यक्रमका प्रमुख अतिथि तथा कविर पथ धर्मसभा नेपालका राष्ट्रिय अध्यक्ष महात्मा आलोक साहेवले बताउनु भयो ।
२०६८ सालको जनगणनामा मात्र ३५ हजारले मगही भाषी बोल्ने गरेका उल्लेख गरिएको भएपनि त्यो भन्दा धेरै संख्यामा मगही भाषीहरु रहेका बताउँदे माहात्मा आलोकले  पिछडा वर्गहरुले बोल्ने मगही भाषा बारे स्वयं जनता नै सचेत नहुँदा मगही भाषा संरक्षण हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा सहभागी मगही भाषी अभियन्ताहरुले भाषा, संस्कृति र कविर पथ धर्म पहिचान प्रति संवेदनशील हुन आग्रह गर्दै भाषा र संस्कृती लोप भए पहिचान नै गुम्ने खतरा औल्याएका छन् । कार्यक्रममा भाषा अभियन्ताहरुले मगही भाषा संरक्षणका लागि राज्यले सहयोग नगरेको गुनासो गरेका छन् ।
 जिल्लाभरीका सन्त,महन्त,सक्रिय महात्मा,साधु साधवी,सामाजिक संघसंस्थाका प्रतिनिधि तथा प्रदेश नम्बर २ का जिल्लाहरुबाट आएका कविर पथ धर्म एवम  मगही भाषी अभियन्ताहरुको सहभागिता रहेको आयोजकले बताएको छ । बरहथवा नगरपालिका ९ को एजुकेसन होम माद्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
नक्कली नोट कोवारीलाई सर्लाही प्रहरी छाड्ने बारा प्रहरी समाउने 
 नक्कली नोट सहित पक्राउ परेका मानिस अनुसन्धानका लागि छाडिदाँ सर्लाही प्रहरी विवादीत बनेको छ ।  जिल्लाको हरिवन नगरपालिका ११ बाट नक्कली नोट रु ९८ हजार सहित नियन्त्रणमा लिइएका एक  मानिसलाई थप अनुसन्धानको लागि भन्दै केही दिनमा छाडिएको थियो । तर सोही मानिस बाराबाट पक्राउ परेपछि सर्लाही प्रहरी विवादीत बनेको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको र अनुसनधान गरी रहेको साथै अभद्र व्यावहारमा मुद्धा चलाएको मानिस अचानक छुट्नु र बाराको निजगढबाट नक्कली नोट कारोबार गरि रहेको समयमा पक्राउ पर्नुले सर्लाही प्रहरी माथी शंका गर्ने ठाउँ देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना शंकलक सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले मोटो रकम घुस लिएर जाली नोट सहितको कारोबारीलाई छोडिदिएका आशंकामा प्रहरी प्रधान कार्यालयले उनिहरुमाथी अनुसन्धान शुरु गरेको जनाएको छ ।
उनीहरुले जाली नोट कारोवारीलाई छाडेपछि प्रहरी प्रधान कार्यालयको दबाबमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरले अनुसन्धान शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयले सो विषयमा गम्भीर रुपमा छानवीन गर्न निर्देशन दिएपछि अनुसन्धान शुरु भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले जनाएको छ ।
करिब १ महिना अघि जाली नोट सहित पक्राउ परेका मानिसलाई छुटाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज र ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अवदेशले कारोबारीसँग मोटो रकम लिएर कारोवारी छाड्न सेटिङ गरेको स्रोतको दावी छ । स्रोतका अनुसार रकम बुझे पश्चात् जाली नोट सहित कारोबारीलाई छोडिएको थियो । तर यस बिषयमा प्रहरी प्रधान कार्यालयमा जानकारी पुगेपछि २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) उमेश रन्जितकारले अनुसन्धान शुरु गरेको बताउनु भयो । 
‘यो विषयमा हामीले छानवीन गरिरहेका छौ अनुसन्धानमा दोषी देखिए कारवाही गर्छौ’, प्रदेश २ का डीआईजी रन्जितकारले बताउनु भयो । उहाँले प्रहरी निरीक्षक यादवलाइ प्रदेश प्रहरी कार्यालय तानेपनि रकम बार्गेनिङ गर्ने घुमुवा प्रहरी सहायक निरीक्षक मनोजलाइ भने छाडा छोडेका छन् । यस घटनामा प्रहरी सहायक निरीक्षक मनोज र प्रहरी निरीक्षक अवधेशको साथ साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुह प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नाम समेत मुछिएको छ । 
प्रहरी उपरिक्षक राठौर सर्लाही आएपछि जिल्लाका भन्सार छलीका कारोवारीहरुको मनोवल बढेको छ ।प्रहरी उपरिक्षक आफैँ भन्सार छलीका सामाना ओसार पसारमा प्रहरीले वा सुरक्षाकर्मीहरुले मात्र चाहेर भन्सार छलीका सामान ओसार पसार रोक्न नसकिने बताउँदै त्यस्ताबाट सकेसम्म कमिसन असुल्दा पाप नलाग्ने भन्दे कमिसन असुलीमा लागेका पाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech