सिन्धुलीको ईलाका प्रहरी कार्यालय भिमानले पछिल्लो आठ महिनामा करिब एक किलोग्राम खैरो हिरोइन सहित मानिसहरु नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय भिमानको प्रमुखको रुपमा प्रहरी निरीक्षक राजु के.सी आएदेखि करिब आठ महिनाको अवधिमा आठ सय ९६ दशमलव ५७ ग्राम खैरो हिरोइन,नौ सय पिस एम्पुल,दुई सय ५२ पिस ट्याब्लेट तथा क्यापसुल र ६० बोतल लागु औषध बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार उत्त लागु औषध ओसार पसारमा संग्लग्न ५९ जना मानिसहरु पनि पक्राउ परेका छन्।रु ५४ लाख ९४ हजार नौ सय ९० बराबरको विभिन्न किसिमका भन्सार छली तथा विल विजक नभएका सामानहरु नियन्त्रणमा लिएर सम्बन्धीत कार्यालयहरुमा आवश्यक कार्बाहीका लागि पठाइएको छ ।
एउटा ट्रक,पाँच वटा पिकअप भ्यान नियन्त्रणमा लिँदा चार वटा जेसिवी,तीन वटा टिपर र ११ वटा ट्याक्टरहरु नदीजन्य पदार्थ निकासी पैठारीमा संग्लग्न रहेको अवस्थामा नियन्त्रणमा लिँइ जिल्ला समन्वय समितिमा बुझाउँदा चार लाख ६० हजार जरिवाना भएको ईलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।
कार्यालयका अनुसार अवैध तरिकाले भित्र्दै गरेको केराको गाडी सहित कपडा लोड भएको ट्रकमा लुकाई छिपाई ल्याँउदै गर्दा प्याजको गाडी समेत नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि सम्बन्धीत कार्यालयमा बुझाईएको छ।
त्यसैगरी,सिन्धुलीबाट भिमान हुँदै बर्दिबासतर्फ जाँदै गरेका मालवाहक सवारीसाधनहरूलाई रोकेर डाँका चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई,आवश्यक कानुनी अनुसन्धान पूरा गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने सात वर्षिय बालिकामाथि जबरजस्ती करणी गरी विगत १८ महिनादेखि भारतमा लुकिछिपी बस्दै आएका फरार आरोपितलाई समेत नियन्त्रणमा लिएर कानूनी दायरमा ल्याउने कार्यमा ईलाका प्रहरी कार्यालय भिमानको प्रमुखको रुपमा प्रहरी निरीक्षक के.सी र उनको टिमले काम गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।