Close This

स्मार्ट ट्राफिक प्रहरीका कारण सर्लाहीको ट्राफिक व्यावस्थापन अस्तव्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१५ गते   ८८ पटक हेरिएको

सर्लाहीको लालबन्दी बजारमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्न नसक्दा सवारी साधनहरु अस्तव्यस्त रहेका छन् ।‘ट्राफिक प्रहरीको चरम लापरवाही र स्थानीय निकायको मौनताकै कारण लालबन्दीको ट्राफिक व्यावस्थापन अस्तव्यस्त बन्दै गएको ’ स्थानियले बताएका छन् ।
‘एकातिर सवारी साधनहरुको व्यवस्थापन र सवारी साधनहरुको पार्किंगको अभाव, सर्वसाधारणमा ट्राफिक सम्बन्धि जनचेतनाको अभाव र अर्कोतर्फ लालबन्दी ट्राफिक प्रहरीको गैर जिम्मेवार पुर्ण ट्राफिक चेकिङ्ग लगायतका कारण पनि लालबन्दी क्षेत्रमा सवारी दुर्घटना हुने गरेको स्थानियले बताएका छन् ।
आफुलाई बफदार ट्राफिक प्रहरी भन्ने सर्य उमेश महतोले पनि लालबन्दी क्षेत्रमा सुधार गर्नुको सट्टा स्थायी रुपमा व्यापार,व्यावसाय गरि रहेको व्यापारी व्यावसायीहरुको अगाडी साना सवारी पार्किङ्ग गर्न लगाउने र व्यापारीहरुले त्यसको विररोध गर्दा सवारी पार्किङ्गले समस्या भएमा आफ्नो सटर बन्द गर्ने भन्दै धम्क्याउने गरेका लालबन्दीका एक व्यापारीले बताएका छन् ।
सई महतोले स्थायी रुपमा व्यापार व्यावसाय गरि रहेका व्यापारीहरुलाइृ धम्क्याउनु र सवारी पार्किङ्ग गर्न लगाउनुले ती सवारी साधनका मालिकहरु र सई महतो वीच कुनै न कुनै सम्बन्ध रहेको पुष्टि हुन्छ ।लालबन्दी बजार क्षेत्रका सडकहरुमा न त कत्तै ट्राफिक बोर्ड नै देखिन्छ न त कत्तै कुनै ट्राफिक सचेतना चिन्हको तस्वीर नै देखिन्छन् ।
२४ सैँ घण्टा व्यास्त रहने पुर्व पश्चीम लोकमार्गमा रहेको व्यावस्त शहर लालबन्दी मै ट्राफिक व्यावस्थापन अस्तव्यस्त हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको स्थानियको आरोप छ ।
‘कहिले लाईसेन्सको बहाना, त कहिले कुन बहानामा सर्वसाधारणसंग असुली गर्न नै फुरसत छैन, लालबन्दी ट्राफिक प्रहरीलाई । उनीहरुले कानुनको पालना गराउँला भन्ने आशा राख्नु नै बेकार छ । ’ एक स्थानीय व्यापारीले बताए । उनले अव्यवस्थित पार्किंगकै कारण पसल अगाडि नै सवारी पार्क गरिँदिँदा ग्राहकलाई समेत असजिलो हुने गरेको बताए ।
कमलामाई मिडिया प्रालिको टिमले लालबन्दी ट्राफिक प्रहरीको धेरै गुनासो आएको र गुनासो सम्बोधन गर्दै ट्राफिक व्यावस्थापनमा ध्यान दिन आग्रह गर्दा आफुलाई प्रदेश २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैयाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले पठाएको मान्छे भएको जवाफ दिँदै आफुलाई लालबन्दीमा बस्न मन नभएको सई महतोले बताए ।

त्यसैगरी अस्थायी ट्राफिक पोष्ट हरिवनका सई कमल नेपालीले कमलामाई मिडिया प्रालिको टिममाथी ट्राफिक व्यावस्थापनको विषयमा जिज्ञासा राख्दा अपशब्द प्रयोग गरेका छन् । चापिनी खोलाको पुलमा भएको सवारी जामको विषयमा ट्राफिक व्यावस्थापन अलि कमजोर भएको हाकी भन्ने प्रसंगमा सई नेपालीले पत्रकारको टिमलाई अपशब्द प्रयोग गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech