Close This

सर्लाहीमा थप ५० वेडको आइसोलेसन अस्पताल निर्माण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२१ गते   ४७४ पटक हेरिएको

जिल्ला सदरमुकाम मलंगवा नगरपालिका २ को सन्त अल्पामाइन रामनारायण यादव नर्सिङ  कलेजमा निर्माण गरिएको ५० बेडको  अस्थायी कोरोना विशेष अस्पताल (आईसोलेसन वार्ड) कोरोना संक्रमित विरामीहरुले भरिए पछि हरिपुर नगरपालिले पनि र्आसोलेसन अस्पतालको निर्माण गरेको छ । 
हरिपुर नगरपालिकाले फरहदवामा थप ५० बेडको आइसोलेसन वार्ड तयार पारिएको हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मंसुरले जानकारी दिनु भयो । ४१ जना कोरोना संक्रमितलाई आइसोलेट गरिएको मलंगवा नगरपालिका २ को जिल्लाकै पहिलो अस्थाई कोरोना विशेष अस्पतालमा एक जना महिला  र एकजना पुरुष पत्रकार सहित हरिपुर्वा  नगरपालिका एकजना मानसिक सन्तुलन गुमाएका ब्यक्तिलाई छुट्टाछुट्टै कोठामा राखिएको क्वारेन्टाइन जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
ब्रम्हपुरी गाउँपालिकाका थप ३ जना बिरामीहरुलाई राखेपछि ५० बेड क्षमता भएको सो अस्पतालमा बेड अपुग हुँदा त्यसपछिका संक्रमण पुष्टि भएका हरिपुर नगरपालिकाका ७ जना बिरामीलाई रााख्न फरहदवामा ५० बेडको आइसोलेसन वार्ड तयार गरिएको हो । साथै हरिपुरका ७ जना कोरोना संक्रमितहरुलाई सो आइसोलेसन अस्पतालमा आइसोलेट गरि राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो । थप आवश्यक व्यावस्था मिलाउन प्रदेश सरकार,स्थानीय सरकार तथा जिल्ला अस्पताल सर्लाहीसंग सहजीकरण गरि काम अगाडि बढाईसकेको प्रजिअ जिसीले बताउनु भयो । 
     पिसिआर चेकजाँचको दायरा बढाएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको  छ ।अहिले सम्म जिल्लामा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने एक जना जिल्लाको धनकौल गाउपालिकाका १४ वर्षिय बालक निको भएर डिस्चार्ज समेत भईसकेका  छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech