Close This

माओवादी केन्द्रमा चारजना केन्द्रीय सदस्य सर्लाहीबाट सर्वसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२० गते   १८९९ पटक हेरिएको

सर्वसहत चयन हुनु भएका सर्लाहीका चार नेता क्रमस बुढाथोकी,राय,काफ्ले र बल

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा सर्लाहीका चार जना नेता चयन हुनु भएको छ । काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्लाहीका चारजना नेताहरुलाई केन्द्रीय सदस्यमा सर्वसहमत चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
सर्लाहीबाट केन्द्रीय सदस्यमा पर्नु हुने नेताहरुमा प्रदेश २ का निवर्तमान अध्यक्ष समेत रहनु भएका प्रह्लाद बुढाथोकी, सर्लाही इन्चार्ज रहनु भएका अच्यूतम काफ्ले, रामेश्वर राय यादव र माया बल रहनु भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो ।
संयोजक बुढाथोकीका आनुसार नेता बुढाथोकी र यादव खुलाबाट, काफ्ले खस आर्यबाट र बल जनजाति कोटाबाट केन्द्रीय सदस्य चयन हुनु भएको हो ।  बलबाहेक अरु तीन जना नेता यसअघि पनि केन्द्रीय सदस्य नै रहनु भएको थियो । २ सय ३६ जना केन्द्रीय सदस्य सर्वसहमत चयन गर्दै माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आईतबार सम्पन्न भएको छ । सोमबार केन्द्रीय सदस्यहरुको पहिलो बैठक बसेको थियो र उक्त बैठकले अध्यक्षमा भने पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई नै पुनः अध्यक्षमा चयन गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech