मसेध मरुभुमि बनाउँन मसलाको खेती,चाँडैँ लाभ लिने बाहना

279 Shares

मधेशका जंगलहरुमा मात्रै नभई किसानहरुले समेत आफ्नो नीजि जमिनमा पनि लगाउने सदावहार हरियाली देखिने,छिटो वृद्धि विकास हुने र काठको लागी समेत उपयोगी मसलाको रुखका कारण मधेश चाँडै मरुभुमि हुने विज्ञहरुको निष्कर्ष रहेको छ । आयआर्जनका हिसावले समेत अन्य विरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने मसलाका रुखको जति सुन्दर पक्ष छ त्यतिकै मानव जीवनसँग जोडिएका कुरुप विशेषता पनि छ्न । पछिल्ला अध्यायनहरुले मसलाको रुख कै कारण मधेश मरुभुमितर्फ उन्मुख हुँदै गएको देखाएको छ ।यो रुख पारिस्थितिक प्रणालीका हिसावले मात्र घातक नभइ पानीका मुहानहरु सुकाउने मुख्य अस्त्र वनेको विज्ञहरुको बुझाई छ ।

लामो समयदेखि चुरे र वातावरणिय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ ।वरपर लामो दुरिसम्मको  पानीलाई चुम्बक जसरी तान्ने हुँदा उत्पादनमा समेत मसलाको रुख घातक वनिरहेको उनको भनाई छ ।यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाईरहेको एक अध्यायनले देखाएको छ ।यहाँ न चराचुरुङ्गीले वासस्थान बनाउछन न त किराहरुले नै।वनमा लगाईएको मसलाका रुखहरुले त अन्य रुखहरुको अस्तित्व नै नष्ट गर्ने गरेको विज्ञहरुको निष्कर्ष छ ।

यो रुख वातावरणिय हिसावले निक्कै घातक रहेको स्थानियहरुले समेत महसुस गर्न थालेका छन ।करिब पाँच बर्ष अगाडीसम्म पानी पाईरहने मुहानहरु यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको लालबन्दी नगरपालिका १७ का रमेश महतो वताए ।“यो बिरुवा  छिटो बढेपछी स्थानियहरुको आकर्षण त बढयो तर बिस्तारै यही रुखको कारण मरुभुमि बनेको चै कसैलाई थाहा नै छैन ।हामीले त मसलाका बिरुवा लगाउन छाडी सक्यौ ।”महतोले बताए ।

अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसलाका रुखहरु भएको ठाउँमा घाँस नै नपाईने गरेको अर्का स्थानीय कविर सिंह महतोको अनुभव छ ।महतोले आजकाल यही कारणले पशु चौपाय समेत पाल्न छाड्न थालेका बताउनु भयो ।जंगलभरी मसलाका रुखहरु फैलदै गएपछी पशुपालनको समस्या बढीरहेको उनको बुझाई छ ।“यो मैले मात्र हैन गाउँभरीका धेरै मानिसहरुले बुझेका छन ।अब यो बिरुवा र रुखको अस्तित्व मधेशवाट नै मेटनुपर्छ ।”उनले बताए ।

२०३४ मा एक भारतिय प्रोजेक्टको माध्यमवाट नेपालमा सागरनाथ वन परियोजनाको नामले भित्र्याएको यो रुख अहिले मधेशभरी फैलिएको छ ।परियोजना अन्तर्गतका र डिभिजन वन कार्यालय अन्तर्गतका जंगलमा मात्र हैन मधेशका किसानहरुका खेतवारीमा समेत यो रुख व्यवसायिक रुपमा लगाउन थालिएको छ ।यसको पातमा समेत एसिड हुने गरेको विभिन्न अध्यायनले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जादा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरु समेत उम्रन नदिएर जमिनलाई नै बन्झर बनाउने अर्को समस्या रहेको विज्ञहरु वताउँछन ।

स्थानिय बासिन्दाहरु मसलाको रुख कै कारण खेतीपातीवाट समेत पलायन हुनुपर्ने स्थिती सिर्जना भएको मधेशका किसानहरुको गुनासो छ ।स्थानीय किसानहरुले खेतमा रोपेका मसलाका बिरुवाका कारण समस्या बढीरहेको गीतादेवीले बताईन् । उनका अनुसार मसला खेतीका कारण मधेशमा भुमिगत जलस्रोत सुक्न थालेको छ ।
तथ्यांकअनुसार परियोजना अन्तर्गत करिब १० हजार हेक्टर क्षेत्रफलमा यो बिरुवा लगाईएको छ ।एक बिघामा एक हजार छ सय सम्म बिरुवा रोपिने हुँदा परियोजनामा मात्र एक करोड भन्दा बढी मसलाका बिरुवाहरु रहेका सागरनाथ वन विकास परियोजनाका निमित्त प्रमुख सिवेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार किसानहरुले खेतका डिल(आली) र खेतमा व्यवसायिक खेती नै गरेका छन् । जसले उत्पादनमा समेत कमि आएको स्वयम् किसानहरुको अनुभव छ । करिब १० बर्ष पहिलासम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको करिब दुई सय मिटर वरपरसम्म उत्पादन नै हुन छाडेको किसानहरुको भनाई छ ।
धनी वनाउने उदेश्यले भित्र्याईएको यो रुख कतै भारतको स्वार्थमा त भित्र्याईएको हैन भन्ने समेत किसानहरुले आशंंका गर्न थालेका छन्।भारतको तमिल नाडुवाट सुरु भएको यो बिरुवा अहिले भारतको धेरैजसो भुभागमा पाइन्छ ।यो रुखलाई व्यवसायिक वनाएको ठाउँ भारतमा समेत किसानहरुलाई निक्कै समस्या वढदै गएको वन अभियन्ताहरुको भनाई छ ।अहिले मधेशका नीजि भुभागमा समेत गरेर करिब छ करोड बिरुवा रहेको आकलन गरिएको छ ।पर्यावरणविद चिरञ्जीवी भट्टराईले यो विरुवाको बिषयमा थप अध्यायन गरि निष्कर्षमा पुग्नुपर्ने वताए ।
यसैलाई लिएर मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भईरहेको वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सुचना अधिकारी बेचन कुमार महतोले जानकारी दिए । उनका अनुसार मसलाको रुखलाई लिएर बिज्ञहरुविच गम्भीर छलफल भइरहेको छ ।रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आकलन गर्न सकिने वताउदै जमिनमुनि र जमिनमाथीको भाग बराबर हुने हुदा पनि पानीको मात्रा अन्य वोटविरुवाको तुलनामा वढी पानी खपत गर्न सक्ने उहाँको भनाई छ ।
सडक सौन्दर्यका लागी समेत सडक विभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ ।जुन दुर्घटनाको कारक समेत वनिरहेको जानकारहरुको भनाई छ ।यसको हाँगा निक्कै कमजोर हुने हुँदा सानोतिनो हावाहुरीले पनि भाँच्ने र सडक अवरोधका साथै दुर्घटना समेत बढीरहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।यो रुखको लम्बाई करिब २५ देखि ५० मिटर र चौँडाई करिब दुई मिटर सम्मको हुने कृषि विज्ञ राजेन्द्र देवकोटाले बताए ।उनका अनुसार अस्ट्रेलियाको तास्मिनिया टापुमा उत्पति भएको यो रुख १८४३ मा बेलायती नागरिकले भारतको तामिल नाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको उनले बताए । यो रुख अहिले विशेष गरि सागरनाथ वन विकास परियोजना र रतुवामाई वन विकास परियोजना क्षेत्रमा अलि बढी लगाउने गरिएको पाइएको छ ।

सम्बन्धित समाचार