लागु औषध गाँजा सहित अधिकारी दम्पती पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-९ गते   ३९८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १२ कर्मैयाका एक जोडी श्रीमान श्रीमति लागू औषध गाँजा सहित पक्राउ परेका छन् । लागु औषध गाँजा ओसार पसार गरि रहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले उनिहरुलाई लागु औषध गाँजा ओसार पसार गर्दै गर्दा पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।
बागमती नगरपालिका १२ निवासी अन्दाजी ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमती अन्दाजी ३० वर्षीया रिचा अधिकारीलाई लागु औषध गाँजा ५ किलोसहित  हरिवपन नगरपालिका ८ पुरानो बजारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनु भयो ।
उनिहरुलाई शनिबार राती करिब १० बजे हरिवन नगरपालिका ८ पुरानो बजार स्थित भित्री सडकखण्डबाट लागु औषध गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूरानोबजारबाट पश्चिमतर्फ जाँदै गरेको बा. ६८ प ४९७२ नम्बरको मोटरसाईकललाई शंका लागि  रोकेर चेकजाँच गर्दा कालो झोलामा लुकाएर राखेको अवस्थामा ५ किलो गाँजा सहित अधिकारी दम्पतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech