कर्मैया खानेपानीको १५ औं वार्षिक साधारण सभा सम्पन्न,नयाँ नेत्तृत्व चयन गर्न बाकि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-७ गते   ५०५ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ मा रहेकाे कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आफ्नाे १५ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ मा रु १ कराेड ९१ लाख ३८ हजार ५ सय ६० बराबरकाे आयव्यय प्रस्तुत गरिएको थियाे ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० काे अनुमानित आयव्यय रु २ कराेड १४ लाख ३० हजार  ६० बराबरकाे आयव्यय संस्थाकाे १५ औं वार्षिक साधारण सभामा प्रस्तुत भएको थियाे । संस्थाकाे १५ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष ०७५/०७६ देखि आर्थिक वर्ष ०७८/०७९ सम्मकाे बार्षिक लेखापरीक्षण प्रतिवेदन,अनुमानित आयव्यय विवरण,के.पि.आई विवरण तथा पानी परिक्षण रिपोर्ट समेतकाे विवरण प्रतिवेदन र आर्थिक वर्ष ०७९/०८० काे लागि प्रस्तावित नीति र कार्यक्रम प्रस्तुत गरिएको संस्थाका सदस्य भिमसेन थापाले जानकारी दिए ।
बागमती  नगरपालिकाकाे पुरानाे वडा नम्बर १ देखि ९ सम्मका करिब २ हजार ८ सय उपभोक्ताहरुलाई शुद्ध पिउने पानी वितरण गरिरहेकाे संस्थाले जनाएको छ ।  संस्थाकाे औपचारिक कार्यक्रम पश्चात्  नयाँ सञ्चालक समिति समेत चयन गर्ने संस्थाले जनाएको छ ।बागमती नगरपालिका ११ मा रहेकाे कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे १५ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रिपुमर्दन आलेमगरकाे अध्यक्षता तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाकाे प्रमुख आतिथ्यतामा   १५ औं वार्षिक साधारण सम्पन्न भएको  हाे । 
संस्थाकाे आफ्नै मैदानमा भएको १५ औं वार्षिक साधारण सभामा नगरका विभिन्न जनप्रतिनिधिहरुका साथै  संस्थाका कर्माचारीहरु र उपभोक्ताहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech