हरिपूर्वाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतबाट निर्वाचन आयोगद्धारा जवाफ माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-८ गते   ३१६ पटक हेरिएको


सर्लाहीको हरिपूर्वा नगरपालिकाले अझैसम्म पनि नगरसभा एवम विशेष नगर सभा  गर्न सकेको छैन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक पुरा भई सक्दा पनि राजनैतिक खिचातानीका कारण नगरपालिकाले अझैसम्म पनि नगरसभा एवम विशेष नगर सभा  गर्न नसकेको हो ।
गत बुधबार विशेष नगरसभाको समय तोकिएको भएपनि कार्यपालिकाको वैठक बस्न नसक्दा नगर सभा तथा विषेश नगरसभा हुन नसकेको हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त न्यौपानेले बताए ।
नगरसभा गर्न नसक्दा चालु आर्थिक वर्षेको साउनदेखि शिक्षा शाखा,स्वास्थ्य शाखा,पशु सेवा शाखा र कृषि शाखाका कर्माचारीहरुले समेत तलब खान पाएका छैनन् । नगरकार्यापालिकामा राजनैतिक सहमती हुन नसक्दा आफुहरुले चाहेर पनि नगर सभा गर्न नसकेको नगर प्रमुख विनोद कुमार साह तेलीले बताए ।
यता बुधबारका लागि बोलाईएको विशेष नगर सभाको विषयमा जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेपछि नगरसभा स्थगीत गरि नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय सर्लाहीका सुब्बा मनिष कुमार साहले बताए ।
राजनैतिक विवादका कारण नगरसभा गर्न नसक्दा चालु आर्थिक वर्षेको साउनदेखि नै कर्माचारीहरुले तलब खान पाएका छैनन् भने नगरको विकास निर्माणको काम पनि प्रभावित भएको छ । हरिपूर्वामा यसअघिका नगर प्रमुख शियाराम रायको ५ वर्षे कार्यकाल पनि विवादै विवादमा बितेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech