इश्वरपुरमा १५ जना खेलाडीको बेल्ट ग्रेडिङ

268 Shares

मधेश प्रदेश आइटिएफ तेक्वान्दो संघको पहिलो,दोस्रो र तेस्रो डान ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलवास बजारमा सम्पन्न भएको छ ।
कार्यक्रममा १५ जना खेलाडीको बेल्ट ग्रेडिङ गरिएको संघको मधेश प्रदेश अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम)ले जानकारी दिए ।उनका अनुसार कार्यक्रमअघि बयलवास बजारमा निकालिएको र्यालीमा मधेश प्रदेशभरबाट तीन सय ५० जना आइटिएफ तेक्वान्दोका खेलाडी सहभागी भएका थिए ।
मधेश प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजना तथा लालीगुराँस एकेडेमी बयलवासको व्यवस्थापनमा भएको कार्यक्रममा संघको प्रदेश टेक्निकल विभाग प्रमुख दीक्षा खतिवडा,ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य सहित संघकै केन्द्रीय अध्यक्ष प्रवीण कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार