सर्लाहीको लालबन्दी नगरपालिका–१,नवलपुर पलारस्थित रहेको प्राथमिक विद्यालय विगत चार वर्षदेखि कालो सूचीमा परेको रहस्य फेला परेको छ।२०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ४६ लाखमा भवन निर्माण गर्दा निर्माण सामाग्री उपलब्ध गराए वापत भुत्तानी लिने क्रममा निर्माण सामाग्री उपलब्ध गराएका व्यवसायीले विद्यालयलाई कालो सूचीमा राखेपछि विद्यालय अहिले भगवान भरोसामा चलेको छ ।
भवन निर्माणका लागि लालबन्दीको तिमल्सिना हार्डवेरले निर्माण सामाग्री दिएको र सो वापतको रकम भुक्तानी लिने क्रममा तत्कालीन प्रधानाध्यापक धुर्वेन्द्र सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल महत्तोले रु पाँच लाखको चेक दिएका थिए।तर उत्त चेक बराबरको रकम विद्यालयको खातामा नरहेको पाइएपछि तिमल्सिना हार्डवेर लालबन्दीले २०७९ फागुन २९ गते विद्यालयको खाता रोक्का गरि दिएपछि विद्यालय कालो सूचीमा परेको हो ।

दुई जना दरवन्दीका,तीन जना बालबिकासका एक जना वडा अनुदान र एक जना विद्यालय सहयोगी गरी सात जना शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा हाल ६७ जना विद्यार्थीहरु अध्यायनरत रहेका विद्यालयका प्रधानाध्यापक सुरेश पासवानले जानकारी दिए ।उनी २०८० कार्तिकमा उत्त विद्यालयमा प्रधानाध्यापक भएर गएका भएपनि सो भन्दा अघिका प्रधानाध्यापक सिंहले रु तीन लाख ६७ हजार भुत्तानी दिनुपर्नेमा विद्यालयको खातामा रकम नै नरहेको अवस्थामा रु पाँच लाखको चेक दिँदा निर्माण सामाग्री आपूर्तिकर्ताले बैँक मार्फत विद्यालयलाई कालो सूचीमा राखेका प्रधानाध्यापक पासवानले बताए ।
२०७९ फागुन २९ गते विद्यालयको खाता रोक्का गरी कालो सूचीमा राखिएको भएपनि नगरपालिकाले कालो सूचीबाट हटाउने भन्दा पनि शिक्षक कर्मचारीहरुको तलब र भक्ता सिधैँ उनीहरु कै खातामा हाल्ने र विद्यालयको मसलन्द,विद्यार्थीहरुको दिवा खाजाका साथै पोशाक र पाठयपुस्तक वापतको रकम प्रधानाध्यापक पासवानको नीजि खातमा हाल्ने गरेको पाइएको छ ।
सबै गरेर वार्षिक करिब २० लाख भुक्तानी हुने उक्त विद्यालयको आफ्नो खाता कालो सूचीमा परेको भएपनि लालबन्दी नगरपालिकाले सरकारी संस्थाको रकम व्यक्तिको खातामा भुक्तानी गरि विगत चार वर्षको अन्तरालमा करिब रु ८० लाख गैर कानूनी भुत्तानी गरी अनियमितताको मतियार बनेको स्थानीयको आरोप छ ।
निर्माण सामाग्री आपूर्तिकर्ताले करिब रु तीन लाख ६७ हजार भुक्तानी पाउन बाँकी रहेकोमा रु पाँच लाखको चेक काटिनु पनि गैर कानूनी तथा अनियमितता भएको स्थानीयको आरोप छ ।उनीहरुले विद्यालयका तत्कालीन प्रधानाध्यापक सिंह सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल महत्तो र लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल,धर्मानन्द जोशी,वसन्त न्यौपाने र पितानाथ लुईटेल सहित लालबन्दी नगरपालिकाकी शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटी र लेखा अधिकृत नेत्र पाख्रिनमाथि छानविन गरी आवश्यक कार्बाही गर्न पनि माग गरेका छन् ।
यता,नगरपालिका स्रोतले नगर कार्यपालिकाले निर्णय नै गरेर सोही अनुसार भुक्तानी गरि रहेको स्वीकार गरेको छ।तर कार्यपालिकाले निर्णय गरेर विद्यालयलाई कालो सूची मुक्त गराउनु पर्नेमा व्यक्तिको खातमा सरकारी रकम भुक्तानी गरिनु गैर कानूनी र अनियमितताको मतियार बन्ने काम गरेको स्थानीय जानकारहरु बताउँन् ।