सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी निवासी नेपाली कांग्रेसका संस्थापक नेता बासुदेव शरण कोईरालाको ९३ वर्षको उमेरमा निधन भएको छ।लालबन्दी नगरपालिका २ जुटपानीमा पद्धम भुवनेश्वरी वृद्धाश्रम सञ्चालक समेत रहेका नेपाली कांग्रेसका संस्थापक नेता कोईरालाको निधनमा नेपाली कांग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाको तर्फबाट नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै पार्टी र भातृ संस्थाको विभिन्न पदीय जिम्मेवारमा रहेर स्व. कोइरालाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।
कांग्रेस सभापति देउवाले कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजन प्रति पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदन प्रकट गरेका छन् ।९३ वर्षीयको उमेरमा निधन भएका कोइरालाको पार्थिव शरीर उनको इच्छा अनुसार वीपी कोइरालाको नाममा स्थापित धरानको वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीको सहयोगार्थ दान दिइएको कोईराला परिवारले बताएका छन् ।