करिब २ हजार दुर्घटना हुँदा ७१ जनाको मृत्यु,१९ सय बढी घाईते

131 Shares

सर्लाहीमा एक वर्षमा एक हजार सात सय १० वटा सवारी दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ।आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न स्थानमा भएका एक हजार सात सय १० वटा सवारी दुर्घटनामा ७१ जनाले ज्यान गुमाउँदा एक हजार नौ सय २७ जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माले जानकारी दिए।उनका अनुसा आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न स्थानमा २६ वटा ट्रक,ट्याङ्कर,३९ वटा बस,तीन वटा माइक्रो,९२ वटा कार,जिप,११ वटा टिपर,६८ वटा ट्याक्टर,८३ वटा टेम्पो,एक हजार दुई सय ४२ वटा मोटरसाईकलका लगायत एक सय ५४ वटा अन्य सवारी साधन गरी एक हजार सात सय १० वटा सवारी साधन दुर्घटना हुँदा ५१ जना पुरुष,आठ जना महिला,छ जना बालक र छ जना बालिका गरी ७१ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा १० हजार नौ सय ४० वटा सवारी साधनहरुलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कार्बाही गर्दा रु एक करोड १७ लाख ५२ हजार पाँच सय दुई राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार दुई हजार एक सय ८७ पटक ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु संचालन पश्चात ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ। भने चालकको लापरवाही र सडकको संरचना लगायतका कारण सवारी दुर्घटना हुने गरेको पाइएको हो।
जिल्लाको मुख्य राजमार्गका साथै भित्री सडक खण्डहरु,विद्यालय र समुदायमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुका साथै सवारी चेकजाँचलाई कडाई गरेपछि ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको कार्यालयले दाबी गरेको छ।पछिल्लो समय नेपाल सरकारले ट्राफिक नियम उल्लंघन गर्नेहरु माथि निर्मम जरिवाना ताकेपछि ट्राफिक नियम उल्लंघनका घटनामा पनि कमि आएको छ ।
ट्राफिक प्रहरीले भार वाहन क्षमता भन्दा बढी भार वाहन गरेका २५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि यातायात व्यवस्था कार्यालय सर्लाहीमा पठाएकोमा उनीहरुबाट रु पाँच लाख ९६ हजार आठ सय १७ राजश्व संकलन भएको यातायात व्यवस्था कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार