ब्रम्हपुरी ४ त्रिभुवननगरबाट लागु औषधसहित एक युवक पक्राउ

1k Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट लागूऔषधसहित लालबन्दीका एक युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार ब्रम्हपुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरमा भारत तर्फबाट ना ४१ प ३६१४ नम्वरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ३१ का चन्दन गुप्ता पक्राउ परेका हुन् ।
मोटरसाइकलसहित पक्राउ परेका गुप्ताले पछाडि बोकेको झोलाबाट कोडिवेल नामक अवैध लागु औषध ६७ बोतल फेला परेको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए । उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय हाईवे क्षेत्रका युवा बाक्लै मात्रामा लागूऔषध सेवन गर्न र लिनका लागि सीमापारी भारतीय बजारमा पुग्ने गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसरी लागूऔषध बोकेर आउने युवालाई प्रहरीले पक्राउ गरी कारवाही चलाउँदै आएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण प्रहरीले कार्बाही जति तिब्र पारेपनि कुलतमा फसेका युवाहरु खुल्ला सिमानाको फाईदा उठाउँदै दैनिक सो कार्यमा व्यस्त रहेका छन् ।

सम्बन्धित समाचार