सर्लाहीकाे लालबन्दी नगरपालिका ११ स्थित हिरापुरबाट अवैध काठसहित ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका ११ हिरापुरबाट अवैध काठ लिएर आउदै गरेकाे प्रदेश २-०३-००१ त १५०७ नम्बरको ट्याक्टर र ट्याक्टरका चालक सिन्धुलीको मरिण गाउँपालिका ४ जुटपानीका अन्दाजी २३ वर्षीय सविन बम्जनलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । कार्यालयका अनुसार सिन्धुलीको मरिण गाउँपालिका ४, बाट सर्लाहीको लालबन्दीतर्फ आउंदै गरेको उक्त ट्याक्टर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।उक्त ट्याक्टरबाट सालको तयारी झ्याल १२ थान र ढोका ११ थान बरामद गरेकाे हाे ।
प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर र २३ थान सालको काठबाट बनेको झ्यालढोका गरी अन्दाजी मूल्य र छ लाख ७४ हजार आठ सय बराबरकाे डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई बुझाएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्ताेष कुमार झाले जानकारी दिए ।