कीर्ते हस्ताक्षर गरि २९ लाख अपचलन गर्ने प्रधानाध्यापक चौधरी पक्राउ

377 Shares

रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपैडास्थित रहेको आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक कीर्ते हस्ताक्षर गरि आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका ५ राजपैडास्थित रहेको आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरी कीर्ते हस्ताक्षर गरि रु २९ लाख अपचलन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गौर रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको रु २९ लाख ३५ हजार पाँच सय २९ रकम निकाली हिनामिना गरेको आरोपमा प्रधानाध्यापक चौधरीलाई पक्राउ गरिएको हो ।चन्द्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को रु ४७ लाख ७५ हजार पाँच सय १२ विशेष अनुदानबाट कन्ट्रक्सनले निर्माण गरेको चार कोठे भवनका लागि निकासा भएको रकमकाम पुर्ण रुपमा सम्पन्न भएपछि नियमानुसार भुक्तानी पाउने गरी रोक्का गरिएकोमा प्राविधिक जाँच तथा पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा रु २० लाख १० हजार पाँच सय २९ बह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो ।
उक्त रकम निकालेपछि नगरपालिकाको पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको रु २९ लाख ३५ हजार पाँच २९ निकाली हिनामिना गरेको आरोपमा पक्राउ प्रधानाध्यापक चौधरीलेपरेका हुन्।पालिकाका अन्य कर्मचारी समेतको संलग्नताका बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ ।

सम्बन्धित समाचार