जिल्लाका दुई स्थानिय निकायद्धारा इसीडी,विद्यालय कर्मचारी र कार्यालय सहयोगीहरुको पारिश्रमिक थप

3k Shares

सर्लाहीको हरिवन नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय कर्मचारीहरु तथा कार्यालय सहयोगीहरुको तलब रु १ हजार ५ सय देखि रु ७ हजार सम्म तलब थप गर्ने घोषणा गरेको छ । संघीय सरकारले दिएको रु ८ हजारमा नगरपालिकाले रु ७ हजार थप गरी न्युनतम पारिश्रमिक मासिक रु १५ हजार पु¥याउने हरिवन नगरपालिकाले घोषणा गरेपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीहरु तथा कार्यलय सहयागीहरु खुसी भएका छन् । 
नेपाल सरकारले दिएको पारिश्रमिकमा नगरपालिकाले केही रकम थप गरि दिएको भएपनि कार्यालय सहयोगीले पाउने पारिश्रमिक त छैन तथापी पनि केही राहत महसुस भएको र खुसी लागेको महादेव जनता नमुना विद्यालय हरिवनका कार्यालय सहयोगी नेत्र बहादुर भुजेलले बताउनु भयो । राज्यले जम्मा ७ हजार दिएको,विद्यालयले १ हजार थपी दिएको र नगरपालिकाले रु ७ हजार थपी दिएर रु १५ हजार पुर्याई दिएको भएपनि आफुहरु पुर्ण रुपमा सन्तुष्ट नभएको तर केही राहत पुगेको बाल विकास (इसीडि) शिक्षीका तुलसा खड्काले बताउनु भयो ।
प्रारम्भिक बालविकास सहजकर्ता(इसीडी शिक्षक ), विद्यालय कर्माचारीहरु र कार्यालय सहयोगीहरुको न्युनतम १५ हजार पुर्याउने नेपाल सरकारले घोषणा गरेपछि नगरपालिकाले ६४ जनालाई मासिक पारिश्रमिक १ हजार देखि ७ हजार सम्म थप गरिएको हरिवन नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज निरौलाले बताउनु भयो । उहाँका अनुसार नेपाल सरकारले प्रारम्भिक बालविकास सहजकर्ता(इसीडी शिक्षक), विद्यालय कर्माचारीहरु र कार्यालय सहयोगीहरुको तलब भक्ता न्युनतम रु १५ हजार प्रयाउने लक्ष्य लिएको र नपुग रकम सम्बन्धीत स्थानिय निकायले व्यावस्था गर्ने बताएको थियो ।
नगरमा रहेका २२ वटा विद्यालयमा कार्यरत ६४ जना प्रारम्भिक बालविकास सहजकर्ता(इसीडी शिक्षक) ,विद्यालय कर्मचारीहरु र  कार्यालय सहयोगीहरुको पारिश्रमिक थप गरेपछि उनिहरुमा खुसी छाएको छ । नगरले विभिन्न तीन भागमा कर्माचारीहरुलाई विभाजन गरि नगरको आर्थिक अवस्थालाई मध्य नजर गर्दै पारिश्रमिक निर्धारण गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनु भयो । उहांका अनुसार जसमा प्रारम्भिक बाल विकास सहजकर्ता(इसीडी शिक्षक ) का कर्माचारीहरुको रु ९ हजार मा रु ६ थप गरि रु १५ हजार.बनाइएको, विद्यालय कर्माचारीहरु(लेखापाल) को रु १५ हजार पुर्याइएको र कक्षा ६ देखि १२ सम्मको विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुको रु १३ हजार कक्षा ५ सम्मका विद्यालयहरुमा कार्यरत रहेका कार्यालय सहयोगीहरुको रु ११ हजार पुर्याएएको हो ।
यस अघि कक्षा ५ सम्मको विद्यालयमा कार्यरत कार्यलय सहयोगीहरुले रु ६ हजार ५ सय,कक्षा ६ देखि १२ सम्मका विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुले रु ९ हजार ५ र प्रारम्भिक बाल विकास(इसीडि) मा कार्यरत शिक्षीकाहरुको रु ८ तलब भक्ता खाई पाई आएका थिए ।  नगरले आगामी आथिृक वर्ष सम्ममा नगरका सबै २२ वटै विद्यालयमा कार्यरत रहेका कार्यलय सहयोगीहरुको तलब भक्ता रु १५ हजार पुर्याउने लक्ष्य लिएको छ । नगरपालिकाले पारिश्रमिक थप गरेपछि करिब रु ४६ लाख आर्थिक भार बेर्होनु पर्ने नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
त्यसैगरी हरिपुर्वा नगरपालिकाले आफ्नो नगरभित्र रहेका १६ वटा विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास(इसीडि),कार्यलय कर्माचारी(लेखापाल) र कार्यलय सहयोगीहरु गरी २७ जनालाई खाईपाई आएको मासिक पारिश्रमिकमा रु ७ हजार थप गरेको नगर शिक्षा शाखा प्रमुख जनक काफ्लेले जानकारी दिनु भयो । १६ जना कार्यालय सहयोगी,प्रारम्भिक बालविकास(इसीडि) ९ जना र कार्यालय कर्माचारी(लेखापाल) २ जना गरी २७ जनाको खाईपाई आएको मासिक पारिश्रमिकमा रु ७ हजार नगरपालिकाले थप गरेको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायले जानकारी दिनु भयो । उहाँका अनुसार अब कार्यालय सहयोगीको मासिक पारिश्रमिक रु १५ हजार,प्रारम्भिक बालविकास(इसीडि)को रु १५ हजार र कार्यालय कर्माचारी(लेखापाल)को मासिक पारिश्रमिक रु २० हजार ५ सय भएको छ । २७ जना कर्माचारीहरुको मासिक पारिश्रमिक थप गर्दा नगरपालिकालाई रु २६ लाख वार्षिक व्ययभार पर्ने नगर प्रमुख रायले बताउनु भयो । 
सर्लाहीका अन्य स्थानिय निकायहरुमा रहेका प्रारम्भिक बालविकास सहजकर्ता(इसीडी शिक्षक), विद्यालय कर्मचारीहरु र कार्यलय सहयोगीहरुले आफुहरुले जीविका निर्वाह हुने पारिश्रमिक नपाएको भन्दै पटक–पटक सम्बन्धीत स्थानिय निकायमा धर्ना दिने लगायत आन्दोलनका कार्यक्रम गर्दै आइरहेका छन् । भने हरिवन र हरिपुर्वा नगरपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता(इसीडी शिक्षक),विद्यालय कर्मचारीहरु(लेखापाल) र कार्यालय सहयोगीहरु नगरपालिकाले जीविका निर्वाह हुने गरी मासिक पारिश्रमिक थप गरेपछि खुसी भएका छन् । 

सम्बन्धित समाचार