कांग्रेस सर्लाही सभापति सिंह सम्मानित,सामाजिक सञ्चालमा अनावश्यक चरित्र हत्या नगर्न आग्रह

212 Shares

नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र प्रसमद सिंह सम्मानित भएका छन् ।नेपाली कांग्रेस सर्लाही काठमाण्डौ सम्पर्क समितीले एक कार्यक्रमकाे आयाेजना गरि कांग्रेस सर्लाहीका सभापति सिंहलाई सम्मान गरेको हाे ।

मञ्चको कार्यालय धुम्बाराहीमा एक कार्यक्रमकाे आयाेजना गरि सभापति सिंहलाई सम्मान गरिएको नेपाली कांग्रेसकी नेतृ साेनी कुमारी बम्जनले जानकारी दिईन् । उनका अनुसार समितिले परिचयात्मक कार्यक्रम गर्नुका साथै सभापति सिंहलाई सर्लाही काठमाडौं सम्पर्क मञ्चकाे कार्यालय धुम्बाराहीमा मञ्चका सभापति दान बहादुर बुढाथोकीले खादा माला लगाई सम्मान गरेकाे हाे ।

सर्लाहीका २० पालिका मध्य स्थानीय तहकाे निर्वाचनमा सभापति सिंहले १२ पालिका जिताउन सफल भएका भन्दै सम्मान गरिएको मञ्चका सभापति बुढाथोकीले बताए । नेपाली कांग्रेस सर्लाहीका केही मानिसहरुले सभापति सिंहलाई सभापति पदबाट हटाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएका भए पनि उनी सर्लाहीका सबै जनताका माझमा लाेकप्रिय रहेका रहेका मञ्चले दाबी गरेकाे छ ।

तर जुन विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा गरिएको भए पनि सभापति सिंह माथि लागेकाे आराेपकाे अदालतको पुर्णपाठ नआउंदैमा दाेषी भन्न नसकिने कांग्रेस सर्लाहीका नेताहरुकाे भनाइ छ ।लाेकतान्त्रिक प्रकृयाबाट निर्वाचन मार्फत निर्वाचित सभापती सिंहलाई कसैले टिकाे लगाएर बनाए झैँ सामाजिक सञ्जालहरुमा भ्रामक प्रचार बाजि गरिएको नेपाली कांग्रेस मधेश प्रदेश सुचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले बताए ।

उनले सभापति सिंहलाई कसैले टीका लगाएर सभापति बनाइ दिएको हैन त्यसैले यस्ता कुराले हाम्रो सभापतिलाई अपमानित गर्न नपाइने र चरित्र हत्या गर्न नपाइने बताए । सभापति सिंहका भाइ विरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस मधेश प्रदेश समितिका उप सभापति र मधेश प्रदेश सरकारका निवर्तमान मन्त्री समेत हुन ।

सम्बन्धित समाचार