Close This

विपीको ३९ औँ स्मृति दिवसमा खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-७ गते   २४१० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा श्रमका बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग प्राप्त भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ३९औं स्मृति दिवसको अवसरमा वि.पि.कोइराला यूवा नेतृत्व विकास मंच सर्लाहीले लालबन्दी नगरपालिका २ मा रहेको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा श्रमका बृद्धबृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।


नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९औं स्मृति दिवसको अवसरमा बृद्धसेवा श्रमका संरक्षित  बुवा–आमाहरूलाई माया गरी  खाद्यान्न सहयो गरेको व.पि.कोइराला यूवा नेतृत्व विकास मंच सर्लाहीका संयोजक मनोज बख्रेलले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो । उहाँका अनुसार व.पि.कोइराला यूवा नेतृत्व विकास मंच सर्लाहीले वृद्ध सेवा श्रममा आश्रित बुद्धबुद्धा आमाबुबाहरुका लागि खाद्यान्न स्वरुप चामल,पिठो,दाल,तेल,आलु लगायतका खाद्य्य सामाग्री सहयोग गरिएको हो ।
खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा दिपक अधिकारी,वासु देव अधिकारी,नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, बुद्ध लामा, उद्धव प्रसार पौडेल,विनोद तिमल्सिना, बिद्यार्थी नेताहरू लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech