सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाकाका गाउँ प्रहरी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत् चरित्र हत्या गरिएको भन्दै साइबर ब्यूरो काठमाण्डौँमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिकाका गाउँ प्रहरी सन्त बहादुर भोलन र स्थानीय टंक राईलाई पक्राउ गरि साइबर ब्यूरो काठमाण्डौँ बुझाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा साईबर ब्युरो काठमाण्डौँबाट भोलन र राईलाई पक्राउ गरि बुझाउन परिपत्र भएपछि सिन्धुली प्रहरीले साइबर ब्यूरो बुझाएको हो ।आइतवार बिहान आवश्यक कारबाहीका लागि साईबर ब्युरो काठमाडौं पठाइएका दुवै जनालाई सोधपुछ गरी बोलाइएको समयमा उपस्थित हुने गरी तारेखमा छाडिएको साईबर ब्युरो काठमाण्डौँले जनाएको छ ।
सर्लाहीकी एक महिलाले हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् आफ्नो चरित्र हत्या गरिएको भन्दै साइवर ब्यूरो काठमाडौमा उजुरी दिएपछि सो फेशबुक पेजको अनुसन्धान गर्ने क्रममा हरिहरपुरगढीका राईले हरिहरपुरगढी गाउँपालिकाका गाउँ प्रहरी भोलनले आफुलाई भिडियो उपलब्ध गराएका र हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् आल्न लगाएका बयान दिएपछि गाउँ प्रहरी भोलनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका हरिहरपुरगढी गाउँपालिकाका गाउँ प्रहरी भोलन र स्थानीय राईले प्रयोग गर्दै आएको मोवाइल र लिखित बयान सहित साईबर ब्यूरो कार्यालय काठमाण्डौँ बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।बयानको क्रममा हरिहरपुरगढी गाउँपालिकाका गाउँ प्रहरी भोलनले सामाजिक सञ्जालमा हालिएको भिडियो हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आफुलाई उपलब्ध गराएका र हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् हाल्न लगाएका बयान दिएका प्रहरी स्रोतले जनाएको छ ।
जसबाट हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाको निर्देशनमा हरिहरपुरगढी अनलाइन नाम गरेको फेसबुक पेज मार्फत् ती महिलाको चरित्र हत्या गर्ने काम भएको पाइएको हो ।श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा रहेको समयमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले ती महिलालाई माया जालमा पारी अर्काको घर विर्गान लागि परेका समेत पाइएको थियो ।यता,पक्राउ परेका हरिहरपुरगढी गाउँपालिकाका गाउँ प्रहरी भोलन हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाका बडिगार्ड समेत रहेका पाइएको छ ।यता,सो विषयमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवालाई सोध्दा कुनै प्रतिक्रिया दिइनन् ।