औद्योगिक ग्रामको नाममा जनप्रतिनिधिहरुद्धारा नै सरकारी जमिन किनमेलगर्न खोजेको स्थानियको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-११ गते   ५६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा औद्योगिक ग्रामको निर्माण गर्ने बाहनामा जनप्रतिनिधिहरुद्धारा नै सरकारी जमिन किनबेच हुने भएको छ । हरिवन नगरपालिकाले खेर गएको नदीको बगरमा औधोगिक ग्राम स्थापना गर्ने भन्दै नदी उकास गरेर औद्योगीक ग्रामको नाममा सो जमिन विक्रि वितरण गर्न लागेको स्थानियको आरोप छ । 
हरिवन नगरपालिका ११ स्थित चापिनि नदी बगरको जमिनमा हरिवन नगरपालिकाले औद्योगीक ग्राम बनाउने बाहनामा किनबेच गर्नलागेको स्थानियको आरोप छ । नगरपालिकाले जमिनमा औद्योगिक ग्राम बनाउने भन्दै केही समय पहिला नदी उकासलाई व्यावस्थापन गर्न तटबन्ध समेत गरेको थियो । स्थानीय उत्पादनमुखी उद्योगहरुका साथै व्यापार–व्यावसाय गर्न एउटै छानामुनि औद्योगिक ग्राम बनाउने र स्थानीयलाई रोजगारी सिर्जना गर्नुको साथै आन्तरिक आयस्रोतलाई बढावा दिन औद्योगीक ग्राम निर्माण गर्न लागिएको  नगरपालिकाले जनाएको भएपनि सो पर्ती जमिन नगरका जनप्रतिनिधिहरु मिलेर किनबेच गर्न लागेको स्थानिय ताराराज पन्त(अर्जुन)को आरोप छ ।
हरिवन नगरपालिका–११ स्थित चापिनी खोलाले कटान गरेको जमिनमा औद्योगिक ग्राम बनाउन नगरपालिकाले सो जमिन भाडामा दिने र स्थानीय उत्पादन बाहेकका कुनै पनि व्यापार व्यावसाय गर्न नपाउने गरी २९ वर्षका लागि व्यापारी व्यवसायीहरुलाई सो जमिन भाडामा लगाईने हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले बताउनु भयो ।
संघीय सरकारले लिएको नीति एक स्थानीय तह एक औद्योगिक ग्राम अन्र्तगत हरिवनमा पनि औद्योगिक ग्राम बनाउने भन्दै नदी छुट्याइएको भएपनि हाल सम्म संघीय सरकारले रु १ करोड लगानी गरेको र  जग्गा अतिक्रमण तथा पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको हरिवन नगरपालिकाले जनाएको छ । करिब ८ बिगाह क्षेत्रफल रहेको  सो जमिन ऐलानी जमिन हो भने पुर्व पश्चीम लोकमार्गसंग प्रत्यक्ष जोडिएको भएका कारण पनि सबैकोध्यान अहिले सोही जमिनमा परेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech