कुख्यात महिला तस्कर चश्माबाली प्रहरीको नियन्त्रणमा

330 Shares

सर्लाहीमा भन्सार छलीको सामानहरु लोड भएको अटो सहित एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।पछिल्लो समय भन्सार छली तथा तस्करी न्यूनिकरण गर्ने सक्रिय भएको सशस्त्र प्रहरीले  लाखौं मूल्य बराबरको भन्सार छलीको सामानसहित अटो र एक महिला तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसारका भारतबाट अवैध रूपमा भन्सार छली लुकाई छिपाई ज १ ह ४४५१ नम्बरको अटोमा ल्याइँदै गरेको  मरिच ३४ किलो,मैदा सात बोरा,पाउडर दूध ४५ किलो, पेडा एक सय ३५ डिब्बा र चकलेट ३० डिब्बा सहित इश्वरपुर नगरपालिका ६ की चस्मावाली भनिने ववि महत्तोलाई विशेष सूचनाको आधारमा चन्द्रनगर गाउँपालिका ४ पोखरियाबाट नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईको सामान आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाईएको छ भने नियन्त्रणमा लिइएकी महत्तोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।भन्सार कार्यालयका अनुसार अटो सहित सामानको अन्दाजी मुल्य रु चार लाख ७७ हजार एक सय २५ रहेको छ ।
लामो समयदेखि त्रिभुवननगर नाकाबाट भन्सार छली कार्यमा संग्लग्न रहने महत्तोले विभिन्न समयमा सुरक्षाकर्मीहरुलाई विभिन्न किसिमका धम्की लगाउने तथा भिडियो बनाएर जागिर खाईदिन्छु भन्ने जस्ता धम्की लगाउने गरेकी स्रोतको दाबी छ।चस्मावाली महत्तोले सुरक्षाकर्मीलाई गृह मन्त्रालय सम्म मेरो पहुँच छ तिमिलाई यहाँबाट सरुवा गराइदिन्छु।भिडियो बनाएर फसाइदिन्छु तथा जागिर समेत खाइदिन्छु भन्दै धम्की लगाउने गरेकी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार