बागमतीका दुई विद्यालयमा व्यवस्थापन समिति गठनका लागि ९/९ सदस्यहरु मनोनित

97 Shares

सर्लाहीको बागमती नगरपालिका १ मिलनचोक स्थित रहेको जनता मा.वि.को विद्यालय व्यवस्थापन समिति गठनका लागि नौ जना सदस्यहरु मनोनित भएका छन् ।बागमती नगरपालिका १,मिलनचोक स्थित रहेको जनता माविको प्राङ्गणमा शनिवार भएको अभिभावक भेलाले विद्यालय व्यावस्थापन समिति अध्यक्ष चयन गर्नका लागि नौ जना सदस्यहरु मनोनित गरेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।

jb5.jpg
उनका अनुसार मनोनित सदस्यहरुले विद्यालय विकास प्रस्ताव नगरपालिकाले शिक्षा शाखामा पेश गर्ने र सो पेश गरेको प्रस्तावबाट उत्कृष्ट मानिसएका सदस्य मध्यबाट एकजना विद्यालय व्यावस्थापन समिति अध्यक्षमा चयन हुने छन् ।शनिबार भएको अभिभावक भेलाले उमेश कुमार बानियाँ,विश्व कोईराला,रत्न घलान,शान्ति बम्जन,धनमायाँ आले,सर्मिला स्याङतानलाई सदस्यमा मनोनित गरेका विद्यालयका निमित्त प्रधानाध्यापक विजय कुमार राईले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका १ का वडा अध्यक्ष गंभिर सिं पाख्रिन पदेन सदस्य, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने र शिक्षक प्रतिनिधिबाट चुनिएका एकजना सदस्य रहने व्यावस्था छ ।बागमती नगरपालिका १,का वडाध्यक्ष पाख्रिनको अध्यक्षता एवम नगर शिक्षा विभाग संयोजक राजकुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिभावक भेलामा बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय,बागमती नगरपालिका २ का वडा अध्यक्ष बाबु वल र बागमती नगरपालिका ४ का वडाध्यक्ष कृष्ण कुमार लामा लगायतको आतिथ्यता रहेको विद्यालयले जनाएको छ ।
त्यसैगरी बागमती नगरपालिका ५ स्थित सोल्टी बजारमा रहेको जनता माविमा पनि व्यवस्थापन समिति गठनका लागि नौ जना सदस्यहरु मनोनित भएका प्रधानाध्यापक लोकनाथ दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार