सर्लाहीको हरिवन नगरपालिका १ देखि ११ सम्म्का विभिन्न स्थानहरुमा विद्युत चुहावट गर्नेहरु १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हरिवन नगरपालिका १ देखि ११ सम्मका विभिन्न स्थानहरुमा रातीको समयमा विद्युत चुहावट नियन्त्रण गर्न खटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी र ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले हरिवन नगरपालिका १ देखि ११ सम्म्का विभिन्न स्थानहरुमा विद्युत चुहावट गर्नेहरु १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका १४ जनालाई आवश्यक कार्बाहीको लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दी बुझाइएको छ ।