Close This

सेनाले बाँड्यो चिया र बिस्कुट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२५ गते   ७५४ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका ६ को लक्ष्मीपुर कोद्राह र इश्वरपुर नगरपालिकाका विभिन्न स्थानका मुसहर बस्तीलाई नेपाली सेनाले चिया र बिस्कुट वितरण गरेको छ । हरिपुर नगरपालिका ६ को लक्ष्मीपुर कोद्राह र इश्वरपुर नगरपालिकाका विभिन्न स्थानका मुसहर बस्तीका करिब ४ सुय ५० जनालाई नेपाली सेनाले चिया र बिस्कुट वितरण गरेको हो ।
मधेश प्रदेशमा अचानक बढेको चिसोलाई मध्यनजर गर्दै मुसहर समुदाय तथा विपन्न समुदाका मानिसहरुलाई केही न्यानोप्रदान गराउन भन्दै चिया र बिस्कुट वितरण गरिएको भैरवी दल गण पाँचकुमारी ब्यारेकले जनाएको छ । त्यसका साथै सेनाले ती बस्तीहरुमा दाउरा वितरण गरेर बालेर आगो ताप्ने व्यवस्था समेत गरेको भैरवी दल गण पाँचकुमारी ब्यारेकका गणपति अभिषेक कार्कीले जानकारी दिए ।
उनका अनुसार गणबाट सेनानी उमेश राईको नेतृत्वमा हरिपुर र ईश्वरपुरका मुसहर बस्तीमा पुगेर सेनाको टोलीले चिसो प्रभावितलाई न्यानो प्रदान गर्र्ने प्रयास गरेको हो । यो कार्यबाट स्थानीय वासिन्दा तथा बटुवा समेत गरी करिब ४ सय ५० जना लाभान्वित भएका गणले जनाएको छ ।तराईका क्षेत्रमा केही दिनदेखि कठ्याङग्रिदो चिसो हुँदा मुसहर,डोम,चमार तथा विपन्न र गरीब परिवार प्रभावित भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech