प्रधानमन्त्री बालेन्द्रको अभिव्यक्तिका विरुद्ध युवा संघ र वाईसिएलको विरोध प्रदर्शन

215 Shares

पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित हरिवन बजारमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकटका युवाहरुले विरोध प्रदर्शन गरेको छ ।

WhatsApp Image 2026-06-02 at 8.21.04 PM (1).jpeg
जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र साह(वालेन)ले प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर स्थापित ऐतिहासिक तथ्य विपरीत“हामीले पनि भारतको भूमि मिचेका रहेछौं भन्दै राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल हुने गरी गैर जिम्मेवारपूर्ण र देशद्रोही अभिव्यक्ति दिएको र सो कार्यबाट राष्ट्रको शिर निहुरिएको र नेपाली जनताको स्वाभिमानमा चोट पुगेको भन्दै देशभरी आन्दोलन सुरु भएको समयमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट युवाहरुले विरोध प्रदर्शन गरेको हो ।

WhatsApp Image 2026-06-02 at 8.21.04 PM.jpeg
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)हरिवन नगर कमिटीको आयोजना तथा नेकपाकी केन्द्रीय सदस्य तथा युवा नेत्री आरती लामाको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकटका युवाहरुले प्रधानमन्त्री बालेन्द्र साहको पुत्ला बनाई पुत्ला दहन गर्दै मसाल बालेर प्रदर्शन गरेर विरोध प्रदर्शन गरेका नेकपा हरिवन नगर कमिटिका सह सचिव विकेक मैनालीले जानकारी दिए ।

WhatsApp Image 2026-06-02 at 8.21.03 PM.jpeg
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)नेपाल र युवा संघ नेपालले संयुक्त विरोध प्रदर्शनको कार्यक्रम राखेको थाहा पाएपछि बाक्लो मात्रामा सुरक्षा व्यवस्था गरिएको भएपनि शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन भएपछि सुरक्षाकर्मीहरुको हस्तक्षेप नभएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार