Close This

हरिवन १० को वडा कार्यालय प्रशासनिक भवन शिलान्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-८ गते   ३१४५ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–१०, मा सोमवार वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
निकै हरिवन नगरपालिका १० को कृष्ण प्रणामी टोलमा तामझामका साथ वडा कार्यालय प्रशासनिय भवनको शिलान्यास गरिएको हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले बताउनु भयो ।


७ कन्या र पन्चेबाजासहित स्थानीय वासिहरुलाई सहभागी गराई हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाई,वडा नम्बर ७,८,१० र ११  का वडा अध्यक्षहरु का साथै स्थानिय बासीको उपस्थितीमा वडा कार्यालय भवनको शिलान्यास गरिएको स्थानिय केदार मैनालीले जानकारी दिनु भयो । हरिवनका नगर प्रमुख प्रसाईले वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित शिलान्यास कार्यक्रममा वडा नं. ७ मा कुमार मैनाली, वडा नं. ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, वडा नं. १० का वडाध्यक्ष मैनाली, वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा लगायतको आतिथ्यता रहेको थियो ।
दुई तले वडा कार्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारले रु २५ लाख उपलब्ध गराएको वडाध्यक्ष मैनालीले बताउनु भयो । आगामी आर्थिक वर्ष थप बजेट विनियोजन गरेर भवन निर्माणको काम पूरा गरिने वडाध्यक्ष मैनालीले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७८÷०७९ को भदौबाट भवन निर्माणको काम शुरु हुनेछ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech