सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा रहेको केशर गरीब जनता माविका व्यापक अनियमितता भएको पाइएको छ । हरिपुर्वा नगरपालिका ५ स्थित रहेको केशर गरीब जनता माविका निवर्तमान प्रधानाध्यापक र वर्तमान लेखापाल मिलेर व्यापक अनियमितता गरेको पाइएको हो ।
विद्यालयका निवर्तमान प्रधानाध्यापक रामपृत महतो र वर्तमान लेखापाल राम कैशाल रायले विद्यालयमा व्यापक आर्थिक अनियमितता गरेको रहस्य बाहिरिएको हो । विगत लामो समय देखि विद्यालयमा व्यावस्थापन समिति नहुँदा निवर्तमान प्रधानाध्यापक सिंह र वर्तमान लेखापाल राय मिलेर विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको छात्रवृति देखि प्रमाण पत्रहरुका साथै विद्यार्थीको भनाए शुल्क,रजिष्ट्रेसन शुल्क,विद्यालय विकास शुल्क,परिक्षा शुल्क,नीजि स्रोतको विद्यालयको आम्दानी रकम,विद्यार्थीहरुका लिईने मासिक शुल्क,एसइइ शुल्क,भर्ना शुल्क र विद्यालयको प्राविधिक तर्फको विभिन्न प्राविधिक सामाग्रीहरु खरिद वापतको शुल्कमा व्यापक अनियमितता भएको पाइएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनोज रायले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालयका निवर्तमान प्रधानाध्यापक महतो र वर्तमान लेखापाल रायले प्राविधिक तर्फ इन्जिनियर तर्फको विभिन्न प्राविधि सामाग्री खरिद,छात्रवृति वितरण,विद्यार्थीहरुको प्रमाण पत्र,विद्यालयको नीजी स्रोतको रकम,विद्यार्थीहरुको भर्ना शुल्क,विद्यालय विकास शुल्क,रजिष्ट्रेसन शुल्क,परिक्षा शुल्क,मासिक शुल्क,त्रैमासिक परिक्षा शुल्क र मुल प्रमाण पत्र शुल्कमा व्यापक अनियमितता भएको पाइएको होे ।
उहाँका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुका लागि वितरण गर्नु पर्ने छात्रवृति शुल्क करिब रु ३ लाख मध्य करिब रु ९५ हजार मात्र वितरण भएको पाइएको र बाँकी रहेको रकम कहाँ छ भन्ने विषयमा विद्यालयको कुनै रेकर्डमा फेला नपरेको हो । विद्यालयले विद्यालयका लेखापाल रायको नाममा छात्रवृति वापतको रकम करिब रु ३ लाख चेक काटेर दिएको र त्यसबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई वितरण गरिएको भएपनि कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई छात्रवृति वितरण नगरिएको पाइएको अध्यक्ष रायले बताउनु भयो ।
विद्यालयको नीजि स्रोतको आम्दानी रकम लेखापाल रायको जिम्मामा रहेको र बार्षिक रु २१ लाख १२ हजार ७ सय ७७ मध्य विद्यालयको खातामा जम्मा रु ८ लाख ८४ हजार मात्र जम्मा भएको पाइएको हो । त्यस्तै विद्यार्थीहरुका लागि छात्रवृति वाँड्न भनि निकालीएकोकरिब रु ३ लाख रकम मध्य रु २ लाख २७ हजार २ सय १,प्रमाण पत्र वापतको वार्षिक रकम रु १ लाख ३५ हजार १ सय,विद्यार्थीहरुको नयाँ भर्ना शुल्क प्रत विद्यार्थी रु १ सयका दरले शैक्षिक सत्र २०७६÷०७७ र २०७७÷०७८ को रकम,परिक्ष शुल्क,रजिष्ट्रेसन शुल्क,मासिक शुल्क,विद्यालय विकास शुल्क,प्रमाण पत्र वापतको शुल्क गरि शैक्षिक सत्र २०७६÷०७७ र २०७७÷०७८ मा करिब ५० लाख भन्दा धेरै विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंह र वर्तमान लेखापाल रायले मिलेर अनियमितता गरेको देखिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रायले बताउनु भयो ।
विद्यालयमा माविमा १ जना नीजि स्रोतका शिक्षक,कार्यालय सहयोगी २ जना नीजि स्रोतका,लेखापाल १ जना र निजी शिक्षक १ जना सहित विद्यालयमा ३६ जना शिक्षक तथा कर्माचारीहरु रहेका भएपनि ५ जनाले मात्र विद्यालयको आन्तरीक स्रोतबाट पारिश्रमिक लिएका भएपनि बाँकी शिक्षक तथा कर्माचारीहरु स्थायी,राहत,बालविकास र नगरपालिकाको अनुदानबाट सञ्चालीत रहेका भएपनि विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंह र वर्तमान लेखापाल रायले मिलेर विद्यालयको रकम व्यापक हिनामिना गरेका आफु अध्यक्ष भएपछि थाहा भएको अध्यक्ष रायले बताउनु भयो ।
त्यसका अलावा विद्यालयका केही शिक्षकहरुले विद्यालयमा कम्प्युटर खरिदका लागि गरेको सहयोग रकम,विद्यालयमा रहेको ल्याप्टप समेत विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंह र वर्तमान लेखापाल रायलेमिलेर गायब गरेको अध्यक्ष रायको भनाई छ । विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहले आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ को लेखापरिक्षण समेत विद्यालयमा उपलब्ध नगराएका अध्यक्ष रायले बताउनु भयो । आफुले पटक पटक आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ को लेखापरिक्षण विद्यालयलाई उपलब्ध गराउन आग्रह गरेको भएपनि विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहले अटर गरि रहेका छन् भने वर्तमान लेखापाल राय आफुलाई जानकारी नभएको भन्दै पन्छि रहेका छन् ।
यता, विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहले विद्यालयको आर्थिक गतिविधि सबै लेखापालले हेर्ने भएकाले आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताएका छन् । लेखापाल रायका अनुसार विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहले भने अनुसार काम नगरे आफुलाई विद्यार्थी लगाएर दुव्र्यवहार गर्ने गरेकाले विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहले भने अनुसार आफुले काम गरेको बताएका छन् ।
निवर्तमान लेखापाल करिब ३० वर्ष पहिला विद्यालय व्यवस्थापन समिति नभएको मौकमा विद्यालयमा कार्यरत कर्माचारीहरुको वैठकबाट आफुखुसी स्थायी घोषणा गरिएका लेखापाल हुन । उनले अहिलेपनि विद्यालयको आथिृक गतिविधि हेरि रहेका छन् भने विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंह अनिवार्य अवकाश भएका छन् । अनिवार्य अवकाश पाएका विद्यालयका निवर्तमान प्रधानाध्यापक सिंहलाई विद्यालयको आर्थिक पारदर्शिता तथा अन्य सम्पुर्ण सामाग्रीहरु विद्यालयलाईबरवुजारत तथा आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ को लेखापरिक्षण विद्यालयलाई उपलब्ध नगराएको भन्दै अनिवार्य अवकाशको पत्र रोकेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रायले बताउनु भयो ।
त्यस्तै यस विषयमा आफुलाई कुनै जानकारी नभएको हरिपुार्व नगर शिक्षा शाखा प्रमुख जनक काफ्लेले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा पाश्रिमिक दिन सक्ने अवस्था नरहेको भनि नगरपालिका शिक्षा शाखा संग माग भए बमोजिक नगरपालिकाको अनुदानमा ८ जना स्वयंम सेवक शिक्षक समेत व्यावस्था गरिएको छ ।