एउटै नगरपालिकाका तीन कार्यालय

2.8k Shares

सिरहाको कर्जन्हा नगरपालिकामा तीन स्थानबाट नगरपालिकाको कार्यालय सञ्चालन भई रहेको छ । नगर प्रमुख र उप प्रमुखले वेग्ला वेग्लै स्थानबाट कार्यालय सञ्चालन गर्दै आउनु भएको छ । कर्जन्हा नगरपालिका ११ बगाहामा नगरपालिकाको आफ्नो कार्यालय रहेको भएपनि नगर प्रमुख गंगा पासवानले नगरपालिका ११ कर्जन्हाको आफ्नो निजी क्वाटरमा नगरपालिकाको कार्यालय सञ्चालन गरि रहनु भएको छ । नगरपालिकाको कार्यालयका लागि आवश्यक भौतिक संरचनाको अभावका कारण आफुहरुले नगरपालिकाको कार्यालयबाट सेवा प्रदान गर्न नसकिएको नगर प्रमुख पासवानले बताउनु भयो ।
सिरहाको पश्चीम क्षेत्र कमलानदी आसपासमा पर्ने नगरपालिकाको कार्यालयमा जनप्रतिनिधिहरु निर्वाचीत भए देखिनै नगरपालिकाको तीनवटा कार्यालय सञ्चालन सुरु भएको हो।  नगरपालिकाको काम गर्न धेरै कोठाहरुको आवश्यक पर्ने र नगरपालिकाको कार्यालय रहेको भवनमा आवश्यक कोठाहरुको अभावका कारण नगर प्रमुख पासवानले आफुले भाडामा लिएको अफ्नो क्वाटरबाट नगरपालिकाको काम सञ्चालन गरि रहनु भएको छ भने उप प्रमुख ज्ञान कुमारी श्रेष्ठले वडा नम्बर २ को वडा कार्यालयको भवनबाट नगरको काम गरि रहनु भएको छ ।
पछिल्लो समयमा नगर प्रमुख पासवानले ९ जना वडा अध्यक्षहरु र केही कर्माचारीहरु लिएर कार्यालय सञ्चालन गरिरहनु भएको छ भने उप प्रमुख  श्रेष्ठले २ जना वडा अध्यक्षहरु लिएर आफ्नो कार्यालय नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गणेश अधिकारीले बताउनु भयो । भने नगरपालिकाको कार्यालयमा अहिले वडा नम्बर ११ को वडा कार्यालय रहेको छ ।
नगरपालिकाका नगर प्रमुख पासवान,उप प्रमुख श्रेष्ठ तत्कालीन एमाओवादीबाट निर्वाचीत हुन भने वडा नम्बर २ र ६ का वडा अध्यक्षहरु तत्कालीन नेकपा (एमाले)बाट निर्वाचीत रहनु भएको हो  बाँकी वडा अध्यक्षहरु तत्कालीन एमाओवादीबाट निर्वाचीत हुनु भएको छ । बडहरामाल,कर्जन्हा,गौतारी र कल्याणपुर कालावन्जर गरी ४ गाविस मिलेर बनेको नगरपालिकामा ११ वटा वडाहरु रहेका छन ।
अहिलेको नगरपालिकाको भौतिक संरचनामा सबै कार्य कक्ष र विषयगत शाखाहरु राख्न सक्ने अवस्था नरहेका कारण आफुहरुले नगरपालिकाको निर्णय अनुसार नै फरक फरक स्थानबाट नगरपालिकाको काम गरि रहेको उप प्रमुख श्रेष्ठले बताउनु भयो ।

यसरी तीन स्थानमा नगरपालिकाको कार्यालय रहँदा कुन कर्माचारी कहा बसेर काम गर्ने भन्ने समस्या छ भने नगरबासीहरु पनि हैरान भएका छन । यता नगर प्रमुख उप प्रमुखले अबको एक महिना भित्रमा एउटै भवनबाट नगरको काम सुरु गर्ने बताएका छन ।

सम्बन्धित समाचार