Close This

खानेपानी संस्था लालबन्दीकाे नव निर्वाचित पदाधिकारीहरुकाे सपथ ग्रहण र पदस्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-४ गते   ४४५ पटक हेरिएको

सपथ ग्रहण

सर्लाहीको  लालबन्दी नगरपालिका ६ मा रहेकाे तेस्राे शहरी साना खानेपानी आयाेजनद्वारा सञ्चालित  खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लि. लालबन्दीकाे नवनिर्वाचित पदाधिकारीहरुकाे सपथ ग्रहण तथा पदस्थापना भएको छ ।

खानेपानी  उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचित भएर आएका अध्यक्ष देवनाथ पोखरेल,उपाध्यक्ष गंगा महतो, सचिव हरिमाया थिंग, कोषाध्यक्ष डुकेन्द्र देवकोटा खत्री(कपिल)लगायत कार्यकारी समिति,वडा समन्वय समिति तथ प्रतिनिधि परिषद् सदस्यहरुले सपथ ग्रहण गरेका संस्थाका सुचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनाेज) ले जानकारी दिनुभयाे । 

कार्यबाहक अध्यक्ष शान्ता भण्डारीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य वेची लुङ्गेलीकाे प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम  गरिएको हाे । कार्यक्रममा पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ,संविधान सभा सदस्य प्रकाश पाख्रिन र लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी लगायतकाे विशेष उपस्थिति रहेकाे आयाेजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech