सर्लाही लालबन्दी नगरपालिका १७ रानीगन्जबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका १७ को रानिगन्जमा शंका लागि चेकजाँच गर्ने क्रममा ज.१ ह. ४६०९ नम्बरको अटो,त्यसका चालक र अटामो सवार गरी ३ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लाललबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा अटो चालक लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ४५ का पुष्प वहादुर फुयाँल,अटोमा सवार लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ४० का सुरेन्द्र कुमार बल र लालबन्दी नगरपालिका १४ का अन्दाजी वर्ष ४१ का पाल्साङ पाख्रीङ र उनिहरुको साथबाट १५ किलो लागु औषध गाँजा सहित नगद रु २५ हजार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिसहरुको बारेमा थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।