अबको पाँच वर्ष नेपाली कांग्रेसले“स्पीड”ले देश चलाउने नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बताए ।सर्लाहीको क्षेत्र नम्बर १ स्थित बयलवास बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै सभापति थापाले विवेक र सावधानीपूर्ण किमिसले तीव्र गतिमा कांग्रेसले देश हाँक्ने दावी गरे। २०७४ पछि कांग्रेस,नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र) र राष्टिूय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका सबै दलहरु मरिहत्ते गरेर सरकारमा गएर गल्ती गरेको समेत सभापति थापाले बताए ।
नयाँ दलको हुँइयाँ फिँजाएर मत लिने कोसिस भइरहेको भन्दै सभापति थापाले वर्तमान अवस्थामा कांग्रेस नै सबैभन्दा नयाँ र जोश जाँगर बोकेको एक मात्र पार्टी रहेको दावी समेत गरे।सर्लाही क्षेत्र नम्बर ४ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका सभापति थापाले नेपालको विद्यमान र ऐन कानून बाधक बन्दा यहाँ लगानी गर्न निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरु समेत हच्किएका उल्लेख गर्दै कांग्रेसले देशको नेतृत्व लिएपछि यि कुरा सुधार गर्ने बताए ।कृषि फर्मको नाममा अनुदान लिएर सरकारी रकमको अनियमितता गरेको आरोप लागेका सभापति थापा यस पटक काठमाण्डौँ छाडेर मधेशको नेता होईन् बेटा बन्न आएको हुँ भन्दै सर्लाही झरेर उम्मेदवार बनेका हुन।
भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि निर्वाचित हुन सुरक्षिक स्थान खोजि रहेका शिर्ष नेताहरुलाई कुन क्षेत्र सुरक्षित र जित्न सक्ने भन्ने चिन्ताले पिरोलेको थियो।सोही क्रममा सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ आउँदा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्प कमल दाहाल(प्रचण्ड) रुकुम पुगेका छन् भने नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई झापा मै सीमित गरिएको छ ।
प्रया निर्वाचनहरुमा शिर्ष नेताहरु विभिन्न क्षेत्रहरुमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न दौडिने गरेका भएपनि यस पटक सबै शिर्ष नेताहरु आफ्नै क्षेत्रमा मात्रै केन्द्रीत भएका पाइएको छ।जसबाट पनि अन्य समयको निर्वाचन भन्दा यस पटकको निर्वाचन विशेष हुने जानकारहरु बताउँछन्।
कांग्रेस सभापति थापा सर्लाही ४ मा सुरक्षित रहँदा नेकपाका संयोजक प्रचण्ड रुकुममा सुरक्षित छन् तर एमालेका अध्यक्ष ओली झापामा गर या मरको स्थितिमा छन् ।सबै ठूला दलले आफ्नो पहिलाको विरासत जोगाउने र रास्वपाले पनि आफुलाई ठूलो पार्टी बनाउने दाबी गर्दै चुनावी स्टण्ड गरी रहेको छ । दागीहरुलाई छानेर उम्मेदवार बनाएको रास्वपाले २० सिट प्रत्यक्षमा जित्ने योजना बनाएको छ ।