“जेन जी” आन्दोलनका कारण ४४५ प्रहरीका भवन ध्वस्त,११ सय थान हतियार लुटपाट,७४ जनाको मृत्यु

382 Shares

“जेन जी”पुस्ताको आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीय तथा ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ भदौ २३ गते खासै क्षति नभए पनि भदौ २४ गतेको प्रदर्शनमा ठूलो क्षति भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।“पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो।सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको ज्यान गयो।”कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीहरू एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले कफ्र्यु लगाउँदै सेना परिचालन गरेको थियो ।सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध फुकुवा,भ्रष्टाचार र बेथतिको अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रिएका “जेन जी”पुस्ताको आन्दोलन थप आक्रामक बनेको थियो ।
प्रदर्शन दबाउन सुरक्षाकर्मीबाट गोली चलाइयो।सो क्रममा २१ जना युवाले ज्यान गुमाए।यसको भोलिपल्ट भदौ २४ गते आन्दोलन थप उग्र बन्यो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा समेत प्रदर्शन रोकिएनन् ।भदौ २४ गते दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो । राति १० बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी,तोडफोड र लुटपाट मत्थर भएको थियो ।
राति १० बजेसम्मको तोडफोड र आगजनीबाट सरकारी तथा निजी कार्यालयहरूमा ठूलो क्षती भयो ।ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो।बर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए।केहीले बर्दी फुकाल्दै हाड उठाएर प्रदर्शनकारीसँग आत्म समर्पण गरे ।
“जेन जी”पुस्ताको आन्दोलनको आन्दोलनको क्रममा देशभरका करिब चार सय  प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने,लुट्नेसम्मका काम भए ।देशभर प्रहरीका चार सय ४५ वटा कार्यालयमा तोडफोड र आगजनी भयो।जसमध्ये एक सय ९७ वटा प्रहरी कार्यालय पूर्ण क्षति भए।ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनःप्रयोग गर्न सकिने अवस्था नै नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कार्यालकया अनुसार दुई सय ५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनःप्रयोग गर्न सकिने छ।सबैभन्दा बढी क्षति संघीय राजधानी कै प्रहरी कार्यालयहरुमा भएको छ । भने सर्लाहीमा मात्रै ३४ वटा प्रहरी युनिटहरु “जेन जी”पुस्ताको आन्दोलनका कारण असुरक्षित रहेका कारण केही समयमा लागि माथिल्लो कार्यालयमा मर्ज गरिएको थियो ।
प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी गर्नुका साथै करिब ११ सय हतियार लुटपाट भएका छन्।कार्यालयका अनुसार हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ,तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए ।लुटिएका हतियारहरूमध्ये करिब तीन सय थान नेपाली सेनाले बरामद समेत गरि सकेकको छ ।पेस्तोल,बन्दुक,ग्यास गन लगायत हतियार लुटिएको प्रहरीको भनाइ छ।नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भएको भन्दै पटक पटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो।यही अवस्थामा अहिले ११ सय थान प्रहरीका हतियार लुटिएका छन् ।काभ्रे प्रहरीले सात सय ३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेपछि कति गोली लुटियो भन्ने एकीन प्रहरी कार्यालयसंग नै छैन् ।
“जेन जी”पुस्ताको आन्दोलनको क्रममा काठमाडौंदेखि देशभर एक हजार नौ सय ६३ जना प्रहरी कर्मचारीहरु घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।घाइतेमध्ये एक हजार नौ ३९ जना उपचार पश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् भने,२४ जना प्रहरी कर्मचारीहरु अझै अस्पतालमा उपचाररत रहेको छन्।प्रदर्शनको क्रममा तीन जना प्रहरी कर्मचारीहरु मारिएका छन् ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय,वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ मारिए हुन। यसैगरी प्रहरी र“जेन जी”पुस्ताका प्रदर्शनकारीहरु समेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार