प्रथम हरिपुर गोल्डकपमा आयोजक नव संघर्षशील सेमिफाईनलमा प्रवेश

395 Shares

सर्लाहीको हरिपुर नगरपालिका २ मा जारी प्रथम हरिपुर गोल्डकपमा आयोजक नव संघर्षशील यूवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।शुक्रबार सम्पन्न क्वान्टरफाइनल खेलमा चिडियादह फुटबल क्लब चन्द्रनिगाहपुर रौतहटलाई टाइबे्रकरमा ५–४ गोलअन्तरले पराजित गर्दै आयोजक नव संघर्षशील यूवा क्लब सेमिफाइनलमा प्रवेश गरेको आयोजक क्बलका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।उनका अनुसार निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा पुगेको थियो ।शनिबार हुने पहिलो सेमिफाइनल खेलमा टिएसपी धनुषा र एभरेष्ट एकेडेमी लालबन्दी बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार शुक्रबार विजेता बनेको आयोजक नव संघर्षशीलले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा मंसिर २८ गते वीरगन्ज युनाइटेड पर्साको सामना गर्ने छ ।
 पुस १ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले रु एक लाख ५० हजार र उपबिजेताले रु ७५ हजार प्राप्त गर्ने आयोजक हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जिायारले बताए । उनका अनुसार हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ का साथै नव संघर्षशील यूवा क्लब हरिपुरको आयोजनामा १० टिमको सहभागीतामा सुरु भएका प्रथम हरिपुर गोल्डकप सञ्चालनका लागि रु नौ लाख रकम व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार