चन्द्रनगरका अध्यक्ष महतो अनियमितता र भ्रष्टाचारमा लिप्त भएका भन्दै उपाअध्यक्ष गीतादेवी सहित बहुमत जनप्रतिनिधिहरुले लगाय कार्यकक्षमा ताला

835 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरु बिचको आन्तरिक द्वन्द्व फेरी चर्किएको छ ।गाउँपालिका अध्यक्ष राज कुमार महतोले बहुमत गाउँ सभा र गाउँ कार्यपालिकाको निर्णय विपरित आफु खुसी निर्णय गरी आफुले जे गर्दा पनि हुन्छ भन्ने मनसाय राखेर काम गर्दा अन्य जनप्रतिनिधिहरु उनको गतिविधिको विरोधमा उत्रिएर गाउँपालिका अध्यक्ष महतोको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।गाउँपालिका अध्यक्ष महतोले आफु नै राजा र मन्त्री भएको दम्भ देखाउँदै तानाशाही शैलिमा ज्यादती गर्दै एकलौटी काम गर्न खोजेपछि त्यसको विरोध गर्दै आफ्ना मागरहरु र असहमतीका कारणहरु राख्दै गाउँपालिका अध्यक्ष महतोको गतिविधिहरुको विरोध गरेर उनको कार्यकक्षमा तालाबन्दी गरिएको चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताईन् ।
“म नै राजा,म नै मन्त्री,जनता त केहि पनि होईन,म नै अध्यक्ष म नै हाकिम,कर्मचारी त केहि पनि होइन,म सबै हुँु”जस्ता विवादस्पद अभिव्यक्ति पटक पटक दिने गरेका,मानसिक रुपमा विक्षिप्त रहेका गाउँपालिका अध्यक्ष महतोले आफूलाई सर्वश्रेष्ठ ठान्ने भ्रष्ट,तानाशाही,एकलौटी शासन गर्न खोज्ने र पालिकाको समग्र विकासका काममा बाधकको रुपमा रहेकाले उनलाई कानूनी दायरा भित्र ल्याउन,निर्वाचित भए पश्चात विभिन्न बाहाना बनाई तथा आर्थिक भारको हवाला दिई साविकका करार कर्मचारीहरुलाई सेवाबाट बर्खास्त गरी दर्जनौँ आ–आफ्ना नातागोताका व्यक्ति र आफन्तहरुलाई कुनै प्रकृया नै नपुर्याई मौखिक आदेशमा दैनिक ज्यालादारीमा राखी पुनःविज्ञापन गरी कर्मचारी भर्ना गरी गाउँपालिकामा अनावश्यक आर्थिक भार बढाएका,दर्ता,चलानी र हाजिरी रजिष्टर जवरजस्ती गरी गाउँपालिका अध्यक्ष महतोले आफ्नो कब्जामा राखेका तथा भर्ना छनौट प्रकृया सम्बन्धी फाइलहरु गाउँपालिका अध्यक्ष महतोले आफ्नो घरमा लगी राखेका,प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो सल्लाहकारको रुपमा प्रयोग गर्न खोजेका,प्रमुख प्रशासकीय अधिकृतले निश्पक्ष र पारदर्शी काम गर्न खोज्दा दैनिक प्रशासनिक काममा बाधा अवरोध खडा गरी विभिन्न बाहानामा बखेडा बनाई आम चन्द्रनगरबासीको भावनासँग खेलवाड गरेको,तीन महिना पहिला मात्र आफैँले सहमती दिई,हारगुहार गरी,मरिहत्ते गरी सरुवा गराइ ल्याएका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको केहि महिना अगाडी आफै प्रशंसा गर्दै नथाक्ने अध्यक्ष महतोले आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुन सक्ने सम्भावना नदेखेपछि कार्यपालिकाबाट निर्णय नै नगराइ र जानकारी नै नदिई चोर बाटोबाट आफ्नो अधिकार नै नभएको कुरामा एकलौटी गरी ठूलो रकमको आर्थिक चलखेल समेत गरी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराई पालिकामा भाँडभैलो मचाउन खोजेका,पालिकाको कामकाज र विकास निर्माणको काम द्रुुत गतीमा बढाउने प्रयोजनको लागि कार्यालयमा समय पालना,पोशाक तथा अनिवार्य परिचयपत्र लागु गरी साप्ताहिक तथा मासिक कार्य योजना बनाई स्वीकृत गरी सम्पूर्ण कर्मचारीतन्त्रमा नै आमूल परिवर्तन ल्याउने तर्फ अग्रसर रहँदै कामकाज गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत पालको सरुवा गराउन खोजेका,प्रमुख प्रशासकीय अधिकृतका विरुद्ध फर्जी ज्ञापन पत्र खडा गरी,कार्यालय प्रमुख र प्रशासन शाखामा ताल्चा लगाउने र फर्जी सहमती गरी गराई ताल्चा खोल्ने जस्ता कार्य गरी सरकारी कामकाजमा बाधा अवरोध गर्ने गरेका,प्रमुख प्रशासकीय अधिकृतले पाउने सेवा सुविधा दोहोरो चरित्र देखाएका,अनावश्यक आर्थिक चलखेल गर्न प्रमुख प्रशासकीय अधिकृत पालमाथि अनावश्यक दवाव सृजना गरेका आर्थिक वर्ष ०७९।०८० मा अनावश्यक रुपमा कामै नलाग्ने र आवश्कयता नै नभएको ऐन तथा नियम,कानुन,मापदण्डहरु निर्माण कार्य देखाई,कानुन निर्माणको प्रकृया नै नपुर्याई आफू खुसी मनोमानी गरी आर्थिक लाभ लिने गरी सार्वजनिक खरिद ऐन नियम विपरित विभिन्न मितिमा सेवा परामर्शको नाममा रु ३६ लाख १७ हजार नौ सय ४२ भुक्तानी दिलाएका,डिपिआर निर्माण गर्ने भन्दै लाखौँ रकम भुक्तानी गराई डिपिआर सार्वजनिक समेत नगरेको र कार्यपालिकाबाट निर्णय भईसकेको नाढीमन ताल लगायतको पोखरीहरुको टेन्डर प्रकृया अगाडी बढाउन प्रमुख प्रशासकीय अधिकृतले पटक पटक प्रयास गर्दापनि गाउँपालिका अध्यक्ष महतोले फाईल चेक गर्ने बहानामा झुलाई राखेको र यसको सूचना प्रकाशन समेतमा आफ्नो मान्छेलाई दिनु पर्यो भनी दवाव दिई ठेक्का पट्टाका फाइल रोकेका साथै शिक्षा क्षेत्रलाई धारासायी बनाउन शुन्य दरबन्दीमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न उदासिन देखिएकादिवा खाजाको रकममा समेत आर्थिक अनियमितताका गर्न लागि परेका कारण उनलाई मौखिक रुपमा पटक पटक आग्रह गर्दापनि वेवास्था गरेपछि बाध्य भएर बहुमत गाउँ सभा र कार्यपालिकाले गाउँपालिका अध्यक्ष महतोको कार्यकक्षमा अनिश्चितकालका लागि ताला लगाएको गाउँपालिका उपा अध्यक्ष गीतादेवीले बताईन् ।उनले आफहुरुको माग सम्बोधन नभएर चरणवद्ध आन्दोलनमा जाने समेत बताईन् ।
चन्द्रनगर गाउँपालिकामा १५ जना कार्यपालिका सदस्यहरु रहेकामा १० जना कार्यपालिका सदस्यहरु र ३९ जना गाउँ सभा मध्य ३० जना गाउँ सभा सदस्यहरुले आर्थिक वर्ष ०७९।०८० सवारी साधन मर्मत सम्भारको अभिलेख खाता सार्वजनिक नगरेका,भ्रमणमा नौ लाख रकम विनियोजना गरी १२ लाख ५९ हजारको प्रतिवेदन सार्वजनिक गरेका,बजेट तथा कार्यक्रम तर्जुमा समिति,राजश्व परामर्श समिति,स्रोत निर्धारण समिति,सार्वजनिक सुनुवाई समिति गठन नै नगरी नियम विपरित सोझैँ गाउँसभाबाट बजेट पारित गरेका,विवरण समेत अध्यवधिक नगरी पत्रपत्रिका छपाईको नाममा ३२ लाख ५९ हजार एक सय २१ खर्च गरेका,विभिन्न वाहनामा रु १० लाख ९९ हजार चार सय ६५ व्यत्तिको नाममा जम्मा गराएका र नियम विपरित सिसि क्यामेरा जडान गर्नु पर्ने भन्दै भन्दै रु ९५ लाख नौ हजार छ सय ९२ र फर्निचर,अफिस टेबल,लेखा शाखाको फर्निचरका साथै कम्प्युटर र डिजिटल हाजिरि मेसिन गरी ३६ लाख २८ हजार दुई सय एक अनियमितता गरेका कारण सो विषयमा चन्द्रनगरबासीले थाहा पाउने गरी सार्वजनिक गर्न माग गर्दै अध्यक्ष महतोको कार्य कक्षमा तालाबन्दी गरिएको चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।उनका अनुसार अल्पमतमा रहेका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने र त्यसको आरोप आफुहरु माथि लगाउने गरेका छन्।आफुहरु रहरले नभई बाध्य भएर गाउँपालिका अध्यक्ष महतोको विपक्षमा बोल्नु परेको चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष रामस्वरुप कुर्मीले बताए ।
गाउँपालिका अध्यक्ष महतोले आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकाको वार्षिक बजेट,नीति तथा योजना समेटिएको पुस्तक हाल सम्म पनि प्रकाशन नगरेका,वडा अध्यक्षहरुको अधिकार हनन् गर्न लागि परेका,संघीय कानुनसंग बाँझिने गरी ऐन नियमावाली कार्यविधि तथा संघीय सरकारले विकास निर्माणको काम गर्दा गाउँपालिका अध्यक्ष महतोसंग पुर्व स्विकृत लिनु पर्ने बाध्यकारी कानुन बनाएका,गाउँपालिकामा स्थायी कर्माचारीहरु हुँदा हुँदै आसेपासेलाई पोस्न करारका कर्माचारीलाई योजना शाखाको जिम्मा दिएका,आफ्नो स्वमीत्वमा राखेको रकम कुन कुन शिर्षकमा खर्च गरे भन्ने हर हिसाब देखाउन नसकेका कारण उपाध्यक्ष गीता देवीको नेतृत्वमा गाउँ सभा र गाउँ कार्यपालिकाका बहुमत सदस्यहरुले तालाबन्दी गरेका पाइएको छ ।
यता,नाढीमन तालको संरक्षण र विकासको काम अवरोध गर्न उच्च अदालतमा मुद्धा परेका कारण आफु अदालत गएको समयमा आफ्नो कार्यकक्षमा तालाबन्दी भएको गाउँपालिका अध्यक्ष महतोले बताए ।उनले आफु विरुद्ध विभिन्न किसिमका झुटा कपोकल्पीत र मानहानी हुने खालका कु प्रचारहरु गरिएकाले आफु कानुनी उपचारमा जाने समेत बताए ।

सम्बन्धित समाचार