ट्रककाे ठक्करबाट माेटरसाईकल यात्री २ जनाकाे घटनास्थल मै ज्यान गयाे

925 Shares

शंखर पहाडी(गाैरब)
सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ। लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत कालीन्जाेर पुल नजिक बिहिबार बिहान करिब ७ बजे भएको दुर्घटनामा दुई जनाकाे घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
लालबन्दीबाट रानिगन्ज तर्फ जाँदै गरेकाे   मधेश प्रदेश ०३-००१ ख ८१५ नम्बरकाे ट्रकले साेहीदिशा तर्फ जाँदै गरेकाे ना ३३ प  ७५१३ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिँदा माेटरसाईकलमा सवार दुवै जनाकाे घटनास्थल मै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ज्यान गएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन भने दुर्घटनामा सग्लग्न सवारीसाधन ईलाका प्रहरी कार्यालय लालबन्दीकाे नियन्त्रणमा रहेका छन् ।

 

सम्बन्धित समाचार