Close This

चन्द्रनगरकी उप प्रमुख साह सहित सयाै जना माओवादी केन्द्रमा प्रवेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-३० गते   १३०३ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउपालिकाकी उप प्रमुख सहित सयाै जना  नेकपा( माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 
माओवादी केन्द्र मधेश प्रदेशकाे आयाेजनामा जनकपुरमा भएको एक कार्यक्रममा चन्द्रनगर गाउपालिकाकी उप प्रमुख विना देवी साह सहित विभिन्न पार्टी परित्याग गरि सयाैजना माओवादी केन्द्रमा प्रवेश गरेका मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहका स्वकीय सचिव कृतिक श्रेष्ठले जानकारी दिनुभयाे ।
उहाँका अनुसार उप प्रमुख साह सहित नेपाली कांग्रेस,नेकपा(एमाले), जनता समाजवादी पार्टी र राजपाबाट गरि करिब एक सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उप प्रमुख साह राजपाबाट निर्वाचित  हुनु भएको थियाे । उहाँले गाउपालिका अध्यक्षकाे ज्यादती सहन नसकेर महिला,दलित,आदिवासी,जनजाति,पीछडीएका वर्ग र समुदायको हक हितमा माओवादी केन्द्र मात्र काम गर्ने भएकोले माओवादी केन्द्रमा प्रवेश गरेकाे बताउनु भयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech