पुर्व राज्य मन्त्री पाण्डेका श्रद्धान्जली सभा पनि कांग्रेस संस्थापन र संस्थापन इतको फरक फरक

756 Shares

पूर्व महिला,बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मिना पाण्डेको सम्झनामा नेपाली कांग्रेस चन्द्रनगरले छुट्टा छुट्टै शोक सभा तथा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रनगर गाउँपालिका ३,बडकुर्वामा कांग्रेस वडा समितिका सभापति भिखारी महतोको अध्यक्षता तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थापन पक्षले र कांग्रेस प्रदेश कार्य समिति क्षेत्र नं. (क) का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली,पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार र संविधान सभा सदस्य रामचन्द्र चौधरीलगायतको उपस्थितिमा संस्थापन इतले चन्द्रनगर मै अर्काे कार्यक्रम गरेको हो ।
संस्थापन पक्षले गरेको कार्यक्रममा क्षेत्र नम्वर १ का पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,महाधिवेशन प्रतिनिधि सदस्य रामबाबु साह,नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य महेन्द्र राम,नेपाली कांग्रेसका नेता देवनारायण महतोलगायतको उपस्थिति रहेको थियो । भने कांग्रेस प्रदेश कार्य समिति क्षेत्र नं. (क) ले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय सभापति लुंगेली,पूर्व जिल्ला सभापति दनुवार र संविधान सभा सदस्य चौधरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार