सर्लाहीका २० वटा स्थानीय निकायका नवनिर्वाचित प्रमुखहरुले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायाधीश ध्रुव कुमार पियाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पियाले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिड्नु पर्ने बताउनु भयो ।
पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै जनप्रतिनिधिहरु लग्नु पर्नेमा जोड दिदै उहाँले स्थानीय निकायको दोस्रो निर्वाचन भएका कारण गाउंपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भईसकेकोले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्न धेरै सहज हुने प्रमुख जिल्ला अधिकारी गौतकले बताउनु भयो ।
शपथ लिएका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने मुख्य निर्वाचन अधिकृत पियाले बताउनु भयो । स्थानीय तह निर्वाचन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले जिम्मेवारी सम्हालेका छन् ।
देश भर मै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा बागमती नगरपालिकाधनकाैल गाउँ पालिका,गाेडैता नगरपालिका र विष्णु गाउपालिका लगायतका स्थानिय निकायमा जनप्रतिनधिहरु दोस्रो कार्याकालका लागि जनप्रतिनिधिहरु दोहोरिएका छन् भनेबाँकी रहेको १६ वटा स्थानिय निकायमा नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको जिल्लामा नेपाली कांग्रेसले १२ वटा,नेकपा(माओवादी केन्द्र)ले ४ वटा,नेकपा(एमाले)ले १ वटा र जसपा,लोसपा र अन्य केहीमा मिश्रित जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।