Close This

सहकारीको आर्थिक हिनामिनाका आरोपीलाई थुनामा राख्न अदालतको आदेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१७ गते   १७५ पटक हेरिएको

गणेश खड्का
जिल्ला अदालत सर्लाहीले सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा सहकारीका ४ पदाधिकारीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश पछि पुर्पक्षको लागि थुनामा जानेहरुमा मलंगवा नगरपालिका ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक मलंगवा नगरपालिका ९ का दिपक लाल अमात्य,सहकारीका खजान्ची मलंगवा नगरपालिका १० का निर्मल कुमार श्रेष्ठ,सहकारीका फिल्ड सहायक मलंगवा नगरपालिका २ का कामेश्वर प्रसाद सिंह र ऋणी उमेश प्रसाद अधिकारी रहेका छन । भने अन्य फरार प्रतिवादीहरुको खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सहकारीको रकम हिनामिना भएको भन्दै,संस्थाका उपाध्यक्ष जय प्रकाश अग्रवाल तथा लेखा समितिका संयोजक शान्ता प्रसाद श्रेष्ठले सहकारी ऐन २०७४ सम्बन्धी कसुरमा संस्थाका प्रवन्धक अमात्य तथा अध्यक्ष हरि शंकर रौनियार(इश्वर)लाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए । जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुदा दर्ता गरेको थियो ।
मुद्धाको पेशीमा जिल्ला अदालत सर्लाहीले सहकारीमा आर्थिक हिनामिना गरेको अभियोगमा प्रतिवादीहरुलाई पुर्पपक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार अन्य प्रतिवादीहरुको खोजतलास भइरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech