Close This

प्रदेश सभा सदस्य लुंगेलीद्धारा ४० विपन्न परिवारलाई बुंगुरका पाठा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-७ गते   ३५५ पटक हेरिएको

प्रदेश सभा सदस्य बेची लुंगेलीले ४० विपन्न परिवारलाई बुंगुरका पाठा वितरण गर्नु भएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिनमा लालबन्दी र हरिपुर नगरपालिकाका ४० विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको प्रदेश सभा सदस्य लुंगेलीले जानकारी दिनु भयो । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारको आर्थिक उन्नतीमा टेवा पुगोस् भनेर ४० परिवारलाई बंगुरको पाठा प्रदान गरिएको लुंगेलीको बताउनु भएको छ ।
निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको लुंगेलीले जानकारी दिईन् बताउनु भयो । सम्ंपूर्ण लाभग्राही परिवारलाई पशु स्वास्थ्यकर्मी उद्यव तिमल्सिनाद्वारा बुंगुर पाल्ने तरीका लगायत बारेमा अभिमुखीकरण गराएर मात्र पाठा वितरण गरिएको प्रदेश सदस्य लुंगेलीले बताउनु भयो । लुंगेलीका अनुसार कोषको बजेटबाट आज लालबन्दीमा खेलकुद सामग्री समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech