मधेशका पाँच प्रदेश सभा सदस्यको पद गयो

439 Shares

मधेश प्रदेशका पाँच जना प्रदेश सभा सदस्यहरु पदमुक्त भएका छन्।मधेश प्रदेश सभा सचिवालयले प्रदेश सभाका पाँच जना सदस्यहरु लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि उनीहरुलाई पदमुक्त गरिएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार पद रिक्त भएका सदस्यहरु उर्मिला देवी सिंह,मनिष कुमार सुमन,संजय कुमार यादव,सिंहासन साह कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।नेपालको संविधानको धारा १८० (घ) बमोजिम लगातार १० वटा प्रदेश सभा बैठकमा अनुपस्थित रहेका कारण उनीहरुलाई पद मुक्त गरिएको प्रदेशसभा सचिवालले सूचना प्रकाशिन गरेर जानकारी गराएको छ ।
प्रदेश सभा सचिवालयले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख भए अनुसार, ती सदस्यहरू सोही मितिदेखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हो र उनीहरुको पद रिक्त भएको हो ।प्रदेश सभा कार्य सञ्चालन नियमावली,२०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रदेशसभा सचिवालयका सचिव होमनाथ पहाडीले बताए ।
प्रदेशसभामा पद रिक्तताले मधेश प्रदेशको राजनीति थप जटिल बन्दै गएको छ।एक सय सात सदस्यीय प्रदेश सभा रहेकामा तीन जना प्रदेश सभा सदस्यहरु यस अघि नै निलम्बीत भएका थिए भने अब पाँच जना प्रदेश सभा सदस्यहरु पदमुक्त भएपछि अब मधेश प्रदेशमा ९९ जना प्रदेश सभा सदस्यहरु रहने छन् ।

सम्बन्धित समाचार