पर्सा २ बाट शंकास्पद मासु सहित दुई जना पक्राउ

180 Shares

सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुर चेक प्वाईन्टबाट शंकास्पद मासु सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल भारत सीमा स्थित पर्सा गाउँपालिका २ संग्रामपुर चेक प्वाईन्टबाट शंकास्पद अन्दाजी दुई किलो मासु सहित महोत्तरीको गौशाला नगरपालिका ७ जयसपुर बस्ने अन्दाजी बर्ष १९ का समी अन्सारी र उनकी हजुर आमा अन्दाजी बर्ष ६० की सोग्रा खातुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार छिमेकी देश भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.२–०४–००१ प १३८५ नंम्बरको मोटरसाईकललाई शंका लागी रोकी चेक जाँच गर्दा उत्त मोटरसाईकलमा ल्याउँदै गरेको अन्दाजी दुई किलो शंकास्पद मासु सहित उनीहरुलाई नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिइएको शंकास्पद मासुको सवालमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार