हरिवन २ मा पोखरी निर्माण गर्ने क्रममा करिब पाँच लाख राजश्व हानी नोक्सानी

279 Shares

सर्लाहीको हरिवन नगरपालिका २ मिलन चोकमा पानी पोखरी निर्माण गर्ने क्रममा करिब पाँच लाख सरकारी राजश्वमा हानी नोक्सनी पुगेको रहस्य बाहिरिएको छ । हरिवन नगरपालिका २ ले आर्थिक वर्ष २०८०/०८१ मा १६ लाख दुई सय २२ रुपैँया २२ पैसामा १८ कठ्ठाको पानी पोखरी निर्माण गरेको भएपनि सो पोखरी निर्माण गर्ने क्रममा त्यहाँबाट निकालीएको गिट्टी,ढुङ्गा तथा बालुवाको राजश्व नगरपालिकामा दाखिला नगरेको देखिएपछि करिब पाँच लाख सरकारी राजश्वमा हानी नोक्सानी पुगेको रहस्य बाहिरिएको हो ।उत्त पोखरी निर्माण गर्ने क्रममा करिब नौ हजार घन मिटर गिट्टी,ढुङ्गा तथा बालुवा निकालीएको र सोको राजश्व,कर र रोयल्टी गरी करिब रु पाँच लाख हरिवन नगरपालिका २ ले नगपालिकाको राजश्वमा जम्मा नगरेको पाइएको हरिवन नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।
उत्त पोखरीरी निर्माण गर्ने क्रममा त्यहाँबाट निकालीएको गिट्टी,ढुङ्गा तथा बालुवा कहाँ प्रयोग गरियो र त्यसको राजश्व के भयो भन्ने विषयमा नगरपालिकालाई कुनै जानकारी नरहेको तर उक्त कार्य गरे वापतको राजश्व नगरपालिकाको राजश्व शाखामा जम्मा नभएको नरपालिकाको राजश्व शाखाले समेत जनाएको छ ।हरिवन नगरपालिका २ ले रिचार्ज पोखरीको रुपमा निर्माण गरेको उत्तः पोखरी मध्य वर्षामा पनि सुख्खा भएपछि केही दिन पहिला कमलामाई मिडिया प्रा.लिले सो सम्बन्धी समाचार समेत प्रकाशन गरेको थियो ।उत्त पोखरीलाई रिचार्ज पोखरीको रुपमा वडा अध्यक्ष अर्जुन योञ्जनले बताएपनि त्यहाँ खानेपानीको पाईप हालिएको छभने भने पोखरी सुख्खा छ ।
सो विषयमा समाचार प्काशन भएपछि वडा अध्यक्ष योञ्जनले पत्रकारहरुले जनप्रतिनिधिहरुलाई खेदेपछि जनप्रतिनिधिहरुले कसरी काम गर्ने ? अहिले पो वर्षामा पानी परेन र पोखरी सुख्खा देखियो त पानी परेको भए भरिएको हुन्थ्यो नी ? जे मन लाग्यो त्यही लेख्ने भन्दै आक्रोस समेत व्यक्त गरे । हो पानी नपरेर पोखरी सुख्खा भयो पानी परेको भए पोखरी भरिएको हुन्थ्यो तर उक्त पोखरी पानी परेको समयमा मात्रै भर्नका लागि निर्माण गरिएको हो त ?उत्तः पोखरी निर्माण गर्ने क्रममा निकालीएको गिट्टी,ढुङ्गा तथा बालुवा कहाँ प्रयोग गरियो ?त्यस वापतको राज्यलाई तिर्नुपर्ने कर तिरियो की तिरिएन् ?भन्ने सवालमा वडा अध्यक्ष योञ्जन मौन छन् । उत्त मसाचार लेखेपछि नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्की लगायतका नेताहरुले हाम्रो सञ्चार गृहलाई फोन गरी सो समाचार हटाउन दवाव दिएपछि हाम्रो सञ्चार गृहले उत्तः पोखरी निर्माणको क्रममा राजश्व दाखिला गरे/नगरेको भन्ने विषयमा चासो राखेको थियो।त्यसपछि नगरपालिकाको लेखाशाखा तथा प्राविधिक शाखासंग सो विषयमा जिज्ञासा राख्दा उक्त पोखरी निर्माणको क्रममा निस्केको गिट्टी,ढुङ्गा तथा बालुवाको राजश्व नगरपालिकामा जम्मा नभएको पाइएको हो ।
 सो विषयमा सरकोरावाला निकाय हरिवन नगरपालिका सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,राष्ट्रिय सर्तकता केन्द्र लगायतका निकायहरुको ध्यानाकर्षण हुन आवश्यक रहेको स्थानीय बताउँछन् ।यता, सो सम्बन्धमा बुझ्न वडा अध्यक्ष योञ्जनलाई फोन गर्दा उनलाई सम्पर्क हुन सकेन् ।साथै उक्त पोखरी निर्माण गर्ने क्रममा एक जना निर्माण व्यवसायीलाई गिट्टी,ढुङ्गा तथा बालुवाको आवश्यकता रहेको र उनैले त्यहाँबाट निकाली लगेका भन्ने सम्मको सूचना प्राप्त भएको छ ।जसका कारण १६ लाख दुई सय २२ रुपैँया २२ पैसा समेत खर्च नभएको हुन सक्ने जानकारहरु बताउँछन् ।
रिचार्जका लागि निर्माण गरिएको पोखरीमा मध्य वर्षामा पनि पानी नहुनु,त्यहाँबाट निकालीएको गिट्टी,ढुङ्गा तथा बालुवा वडा अध्यक्ष योञ्जनले आफुखसी प्रयोग गर्नु साथै सो वापतको राजश्व नगरपालिकामा दाखिला नगर्नुले पनि वडा अध्यक्ष योञ्जनले भ्रष्टाचारको बाटो रोजेका प्रष्ट हुन्छ ।उत्त पोखरी निर्माण गर्ने क्रममा निस्केको गिट्टी,ढुङ्गा तथा बालुवा वडा अध्यक्ष योञ्जनले रु तीन हजारका दरले अन्यन्त्रै विक्रि गरेका र सोको राजश्व समेत नगरपालिकामा जम्मा गरेका छैन् ।वित्तिय अनुशासन अन्र्तगत कुनैपनि चिज वस्तुको राजश्व नलिन पनि नपाईने र दाखिला पनि गर्नु पर्ने भएपनि वडा अध्यक्ष योञ्जन आफैँ राजश्व छलीमा लागेका यस घटनाबाट प्रष्ट हुन्छ ।
 त्यस्तै हरिवन नगरपालिका आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा निर्माण भएको पोखरीमा अनियमितता भएको भन्दै छलफल समेत गरेको र रकम खर्च विवरण सार्वजनिक गर्न वडा अध्यक्ष योन्जनलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिका स्रोतका अनुसार ठेकेदार कम्पनीले हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जनका विरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत गरी रु तीन लाख रकम भुक्तानी लिएको छ ।
यता,सो विषयमा कमलामाई मिडिया प्रा.लि.ले वडा अध्यक्ष योन्जनलाई सोध्दा पोखरी खनिएको स्थानबाट केही ढुंगा चोरी भएको र केही ढुंगा नेपाली कांग्रेस निकटका युवाहरुले लगेका स्वीकार गरेका थिए।उनले कमलामाई मिडिया प्रा.लिलाई स्थलगत अवलोकन गरेर सत्यतामा आधारित समाचार प्रकाशन गर्न आग्रह समेत गरेका थिए।त्यसपछि कमलामाई मिडिया प्रा.लि.को टिमले स्थलगत अवलोकन गर्दा उक्त पोखरी मध्य वर्षामा पनि सुख्खा रहेको साथै उक्त पोखरीबाट निकालीएको गिट्टी,ढुङ्गा तथा बालुवाको राजश्व नगरपालिकामा जम्मा नभएको फेला पारेको हो ।

सम्बन्धित समाचार