जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सवारी दुर्घटना न्यूनिकरणका लागि बिशेष अभियान सञ्चालन गरी रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको प्रहरी प्रमुखको रुपमा प्रहरी निरिक्षक रजोश घिमिरे आएदेखि सुरु गरिएको अभिायन अन्तर्गत ट्याक्टरहरुमा संकेतमूलक स्टिकरका साथै नम्बर प्लेट नभएका ट्याक्टरहरुमा नम्बर प्लेट लेख्न लगाउने काम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार ट्याक्टरको पछाडी ट्रलिको भागमा रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने तथा नम्बर प्लेट नभएका ट्याक्टरहरुमा नम्बर प्लेट लेख्न लगाउने सहित चालकहरुलाई ट्राफिक नियम,सवारी दुर्घट्ना, सडकको प्रयोग तथा ट्राफिक नियम उल्लंघनका बारेमा जानकारी दिने काम भएको हो ।
जिल्लाका विभिन्न स्थानमा सञ्चालित एक सय ५० भन्दा बढी ट्याक्टरहरुमा नम्बर प्लेट लेखाउने तथा टल्कने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए।ट्राफिक प्रहरीले सर्लाहीमा सवारी साधन चेक जाँचमा कडाइ गरेको छ।सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन चेक जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए । उनका अनुसार पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढेका पाइएकाले जनचेतनामूलक क्षेत्रलाई प्राथमिकता मा राखेर काम गरिएको हो।सवारी साधनहरुलाई कार्बाही मात्रै गरेर दुर्घटना न्यूनिकरण नहुने भएकाले ट्राफिक सचेतनाका लागि जोड दिईएको हो।२० वटा पालिका रहेको सर्लाहीमा ११ वटा ट्राफिक युनिटहरु रहेका छन् रती युनिटहरुबाट दैनिक सवारी साधनको जाँच गर्ने गरिएको छ।ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
“जरिवाना उठाउने हामीलाई रहर छैन्,सकेसम्म जरिवाना नै काट्न नपरोस भन्ने चाहना छ,जरिवानाले दुर्घटना र मानविय क्षति कम हुँदैन। सवारी चालकहरुले सचेत भएर सवारी चलाए मात्रै यो सम्भव छ। चालकको समुहलाई ट्राफिक प्रहरीले जनचेतना मूलक कार्यक्रम मार्फत चालक,सह चालक र पैदलयात्रीलाई जनचेतनामूलक सन्देश समेत प्रदान गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए ।ट्राफिक प्रहरीको आँखा छलेर तिब्र गतिमा,मादक पदार्थ तथा लागुऔषध सेवन गरेर,हेल्मेट नलगाएर क्षमता भन्दा बढी यात्रु तथा सामान बोकेर सवारी नचलाउन,सवारी साधनमा बसेका यात्रु र आफ्नो परिवारको विषयमा सोच्न ट्राफिक प्रहरीले अनुरोध गर्ने गरेका निरिक्षक घिमिरेले चालक,सह चालक र पैदल यात्री गम्भिर हुन अनुरोध गरे।ट्राफिक प्रहरीलाई झुक्याउन सफल भएपनि त्यसबाट निम्तन सक्ने दुर्घटना रोक्न जो कोही पनि असफल हुने ट्राफिक प्रहरी निरिक्षक घिमिरेको तर्क छ ।